सुरेशकुमार पान्डे — आज काला काला कोट लगाएका बुढा तन्नेरीहरुको कुटा कुट देख्दा हाम्रो देशको निव हल्लिएको जस्तो लाग्यो।सामन्यतःझै झग्डा हुँनु आम मान्छेको कुटा टुट हुनु त्यो छुट्टै कुराहो।तर एउटा न्याय युद्धका लडाकुहरु जसमा जनताको आडभरोसा रहेको हुन्छ उनैहरुको बिचमा यस्तो गरू जुदाई देख्दा एउटा देशभक्त नागरिकलाई सोंच्न बाध्य गराउँछ कि हाम्रो कानून ब्यबसायको अबस्था कति कम्जोरछ।
यँहा लडाई के बिषयको थियो कुनको बिरुद्धमा कुन लडेको थियो।त्यो भन्दा प्रत्यक्ष देखा पर्ने कुरा केहो भने एउटा कालो कोटले आर्को कालो कोट संग पिटा पिट गय्रो भनेर मात्र बुझिन्छ।कुन पार्टीको बिरुद्धमा कुन पार्टी लड्यो त्यो त्यही पार्टीहरुलाई जानकारी होला तर हामि देख्नेहरुले काला कोटहरुको कुटामार भिडियोमा देख्यौँ।
आखिर किन यस्तो अबस्था सिर्जित भयो?यो त्यतै बाट(उनिहरू बाटै) प्रष्ट हुनेछ।देशका जनताहरुले कानून वयवसायि परिषदको यस्तो लडाई बाट के कुरा बुझियो भने एउटा अनुसाशित अंङ्गको रुपमा चिनिन्ने संस्था आज अराजग प्रकारले खुलेआम हातापाई मा उत्रियको देखियो।त्यहि शंदेश उनिहरूले जानि नजानि दिएकाछन।
(बार एसोसिएन)नेपाल कानून वयवसायी परिषद एउटा अविन्छिनन् उत्तराधिकारवाला स्वाशासित संगठित संस्थाहो।कानून व्यवसायिहरुको हक हितको संरक्षणा गरि समाज प्रति बढि जिम्मेवारी पूर्ण सेवा सञ्चालन गर्न बनेको नेपाल कानून व्यवसायि परिषद् ऐन२०५०अन्तर्गत यो परिषदको गठन भएको भनिन्छ।वि.स.२०५०/८/७मा प्रारम्भ भएको उक्त ऐनको दफा१र४सोही मिति देखि र बाँकी अन्य दफाहरु२०५१/४/२७देखि लागु रहेको कानून व्यवसायि २०२५ बमोजिम कानून व्यवसायिहरुको प्रमाणपत्र दिने दर्ता अभिलेख राख्ने व्यवसायिक अनुसाशनमा नरहेकालाई निकाल्ने आदीको अधिकार राख्दछ।यो कत्तिको ब्यबहारिक भयो भयन त्यो छुट्टै बिषयहो।
अहिलेको उनिहरुले देखाएको अनुसाशन बिहिन र अराजक कृयाकलापले यो संस्थामा प्रश्न चिन्ह खडा गरेकोछ।उनिहरूको निर्वाचनमा त कले हार्यो कले जित्यो यँहा त आपसमा कुटा कुट गरेरै हारजितको टुङ्गो लगाउँने योजना पो रैछ।
आखिर कानून व्यबसायिको निव किन यति धेरै कम्जोर बन्न पुग्यो।के यो राजनीतिक अराजक हो?वा चरम गुट बन्दि र मदिरा पानको उपज?यो ब्यबहार देख्नेहरूको बिभिन्न अड्कल बाझि हुन सक्छ।चोलेन्दर शम्शेर र उनको बिरुद्धमा उन्को राजीनामा माग्नेहरुको आपसको झग्डा हो त?यसबारे ब्यापक छानबिन गरेर मात्र कुनै टुङ्गो मा पुग्न सक्केला।
फिल हाल हामिले देशको तरल अबस्थामा यस्ता गुट बन्दि र पिटा पिटले देशको गरिमामा ठुलो धक्का पुगेको देखेकाछौँ।
हाम्रो देशले दुश्मनको अगाडि घुंडा टेकेन संसारलाई थाहाछ नेपाल एउटा विरहरुको बासस्थान हो।दुनियामा एउटा नेपाली मात्रै ले आफ्नो देशलाई स्वतन्त्र राख्न सफल भयकाछन।कहिले गुलाम हुन दिएकाछैनन्।यद्मापि यँहा एक सए चार बर्ष राणाहरुको हालि मुहाली र करिब ३२बर्ष राजाहरुको मनोमानि साशन ब्यबस्था रहयो तर पनि देश प्रत्यक्षा कुनै अर्को देशको उपनिवेश रहेन।अढाई बर्ष भन्दा पनि बढि भारतमा मुगल साम्राज्यवाद अंग्रेजहरुको साशन रह्यो तर पनि नेपाललाई गुलाम बनाउँन सकेनन्।उनिहरुले कोसिश नगरेका होईनन् तर हाम्रा पुर्वजहरुले उनिहरुलाई जसरि तसरि भगाए।पछिल्लो पल्ट सुगौलिमा भयको घृणित र एकतर्फिय शन्धिले भने देशलाई अर्ध उपनेबेशिक बनायो।तर त्यो बेलामा पनि जनताहरु जसरि तसरि लडाई लडिरहेका थिए।यो एउटा खलङ्गा नालापानीको युद्धले मात्रै पनि पुष्टीगर्छ।बलभद्र कुवंरहरुको त्यो विरताको लाई सुलुट मारेका तिनै अंग्रेजहरु हुँन।त्यो विरताको गाथा बोकेको नेपाली जनताको आज यो अबस्थाछ।देशभित्र राजनीनिक गतिरोध बिदेशिको हश्तक्षेपले गर्दा त देश तरल अबस्थामा छंदैछ तर यि आफुलाई बौद्धिक ब्याक्ति ठान्नेहरुको आपसमा गर्ने मारधाडले देशलाई अफ्सान गर्न आधार तैयार पार्दै गयको आभाष हुन्छ।यो सन१९७२-७३तिरको सिक्किममा हुने घटनाहरु को अबस्था यस्तै थियो।त्यसको नियति र हाम्रो देशको परिस्थिति मिल्दो जुल्दोछ भन्दा अशान्द्रभिक नहोला।बार एसोसिएले देखाएको यो टेलर एउटा नमुना मात्र हो।देशमा धेरैजसो राजनीतिक पार्टीहरूको दिनौदिन एकले आर्काको खुट्टा तान्ने ब्यबहारले देशलाई खरानि पार्ने बाताबरण बनाउँदै आएकोछ।भारतिय गुप्तचर संस्था ‘रअ’र अमेरिकन साम्राज्यबादी शक्तिको देशलाई हेर्ने दृष्टिकोणको परिणाम देश ठुलो भमोरिमा फसेको आभास हुन्छ।हामि बिदेशि शक्तिको शडयन्त्रको सिकार बनेरनै देशलाई सखाफ पार्न जानि नजानि मद्त गर्दै आएको देखिन्छ।कृपया आपसको खिचातानि लाई छाडेर एकजुटताको परिचय देउँ। देशको हितमा हामिसबैको एकमना एकताको आबस्याकताछ र समयको माग पनि यहि हो।