आफ्ना हुँदैनन रगत र पशिनाले पाले पनि,
आफ्नै प्राणभन्दा धेरै उन्लाई सम्माले पनि।
कस्को भरपर्छौ आफ्नै रगत बिरानो हुनेरैछ,
पुग्दैन उन्लाई आफ्नो कलेजो निकाले पनि।
घिन मान्छन बृद्धा भएपछि आमा र बालाई,
सानो छँदा उन्कै आचि हामिले पखाले पनि।
हात खुट्टा लागेपछि चाहिँदैन आमा बा कोई,
उनलाई राम्रो दिएर आफुले लुगा टाले पनि।
निराश न हुँनु जीवन त शंघर्षकै सफर हुन्छ,
बोल्न हुँने रैनछ आत्माहत्या गर्नै थाले पनि।
मुटु पिरो हुन्छ यो सेतेको जस्तो मुटु न राखौँ,
खि तिति.हाँस्नु आश्रमबाट घर नै ढाले पनि।
सुरेशकुमार पान्डे।