शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नेकपा एमाले बाजुराको १ गाउँपालिका र २ नगरपालिकाको अधिबेशन आज

नेकपा एमाले बाजुराको १ गाउँपालिका र २ नगरपालिकाको अधिबेशन आज

  • बिहिबार, कार्तिक ११, २०७८
नेकपा एमाले बाजुराको १ गाउँपालिका र २ नगरपालिकाको अधिबेशन आज

बाजुरा — नेकपा एमालेको बाजुराका वडा अधिबेशन सम्पन्न पश्चात नगर तथा गाउँपालिकाको अधिबेशनमा हुमीएको छ । नेकपा एमाले अधिबेशन प्रचार प्रसार समितिका अनुसार आज जिल्लाका ३ ओटा स्थानिय तहको पालिका अधिबशेन हुने जनाएको छ ।

कार्तिक ११ गते अर्थात आज जिल्लाको बुढिगंगा नगरपालिका, बुढिनन्दा नगर पालिका र गौमुल गाउँपालिकाको अधिबेशन हुने नेकपा एमाले बाजु्राका प्रचार बिभाग प्रमुख अमर खड्काले बताएका छन ।
आज हुने गौमुल गाउँपालिकाको अधिबेशनको उद्घाटन नेकपा एमाले बाजुराका इन्चार्ज तथा केन्द्रीय सदस्य तथा बाजुराका माननिय सदस्य लाल बहादुर थापाले गर्ने भएका छन ।

त्यसै गरी बुढिनन्दा नगरपालिकाको अधिबेशनमा प्रमुख अतिथी प्रदेश सांसद बल्देव रेग्मी, बुढिगंगा नगरकमिटिको अधिबेशनका प्रमुख अतिथी मिन बहादुर बिष्ट रहने प्रचार बिभाग प्रमुख खड्काले जानकारी दिएका छन । गौमुल गाउँपालिकाको अधिबेशन गौमुला गाउँपालिकाको केन्द्र घटमुनामा गर्ने तय भएको छ ।

त्यसै गरी बुढिनन्दा नगरपालिकाको अधिबेशन बुढिनन्दा नगरपालिकाको कोल्टी स्थित शिबपार्कमा गरिने प्रचार बिभाग प्रमुख खड्काले बताएका छन । त्यसै गरी बुढिगंगा नगरपालिकाको फालाशैनमा कार्यक्रमको आयोजना हुने नेकपा एमाले बुढिगंगा नगर कमिटिले जानकारी दिएको छ ।

त्यसै गरी ३ पालिकाकाे अधिबेशन यस अघि नै  सम्पन्न  भइसकेकाे नेकपा एमाले बाजुराले जनाएकाे छ । जसमा स्वामिकार्तिक खापर गाउँपालिका, खप्तडछेडेदह गाउँपालिका र  जगन्नाथ गाउँपालिकाको पालिका अधिवेशन सर्वसम्मत सम्पन्न भएको जनाएकाे छ ।  बाँकी रहेका ३ पालिका मध्य बडिमालिका नगरपालिकाकाे १२ गते , त्रिबेणी नगरपालिकाकाे १५ गते र हिमाली गाउँपालिकाकाे १७ गते अधिबेशन मिति तय भएकाे नेकपा एमाले अधिबेशन प्रचार प्रशार समितिले जानकारी दिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार