१. जालमा परेको माछो ख्याल ख्यलै उम्किन सक्छ ।
आऊ अब साथ देऊ हाम्रो यात्रा लम्किन सक्छ ।।
मडारीन देऊ आज कालो बादल त्यो मनमा,
के थाहा भोलि त्यतै निर्लज्ज घाम चम्किन सक्छ ।।
२.
घरबार चलाउन धौ धौ छ जिन्दगी पिरमा छ ।
बुढा बाबाआमाको पनि जिम्मेवारी सिरमा छ ।।
फुर्किएर हुर्किएकी चेली तिमी गाह्रो हुन्छ यता,
भयो अन्माउदीन तिमीलाई बन्दकी झिरमा छ ।।
३.
छर्नु छ अब पूर्णे अन्धकार हटाउनु छ ।
देशबाटै कालो त्यो भ्रष्टाचार हटाउनु छ ।।
भाइचारा बाडेर नै सदा यो संसार भरी,
अन्याय अत्यचार कुसंस्कार हटाउनु छ ।।
४.
पैतला मुनीको त्यो जुत्ता भित्रको मोजाको पीडा ।
काटकुट पारी मन्दिरमा झुन्डिने धोजाको पीडा ।।
भलाद्मी देखिने हेर्दामा मात्रै हो जोकोही यहाँ,
कसलाई सुनाउ म आफ्नै खाली गोजाको पीडा ।।
©सुरेन्द्र शाही “गुलाब कान्छो”,बाजुरा