बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुराको जगन्नाथमा  आगलागी हुँदा लाखौको क्षेती

बाजुराको जगन्नाथमा  आगलागी हुँदा लाखौको क्षेती

  • शनिबार, कार्तिक ६, २०७८
बाजुराको जगन्नाथमा  आगलागी हुँदा लाखौको क्षेती

बाजुरा — बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा न ३ मोहतीका कार्तिके ल्वारका घरमा आगलागी भएको छ । आगलागी हुँदा घरमा भएको धन सम्पती लगायतको क्षेती भएको स्थानीय कोपिला सिहंले बताएकी छन ।
घर पुर्ण रुपमा क्षेती भएको र घरमा रहेको सबै समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताएका छन ।
कार्तिके ल्वारको घरमा रहेको अन्नपात, लुगा कपडा, भाडाकुडा, र घरमा राखेको ३ लाख नगद सहिद जलेर नष्ट भएको स्थानीय कोपिला सिहंले बताएकी छन ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार क्षेतीको बिबरण नआएकोले के कती भयो भन्ने बारे भन्न नसकिने प्रहरी निरीक्षक नाथले बताएका छन । दिउँसो १ बजे तिर भान्छाघर सल्केर घरमा आगलागि भएको हुन सक्ने प्रहरीले जनाएको छ । घर जलेर पुर्ण रुपमा क्षेती भएको भए पनि दिउँसोको समय भएकोले मानवबिय क्षेती भने नभएको प्रहरीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार