शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • अस्पताल बाजुरामा पैसा अभाबमा जिवनमरणको दोसाधमा पञ्चा कठायत

अस्पताल बाजुरामा पैसा अभाबमा जिवनमरणको दोसाधमा पञ्चा कठायत

  • आइतवार, अशोज ३१, २०७८
अस्पताल बाजुरामा पैसा अभाबमा जिवनमरणको दोसाधमा पञ्चा कठायत

बाजुरा–पैसा नहुदा जिल्ला अस्पताल बाजुरामा ३१ बर्षिय पञ्चा कठायत जिवनमरणको दोसाधमा रहेकी छन् । बेहोस अबस्थामा रहेकि पञ्चालाइ जिल्ला अस्पताल बाजुराले रिफर गरेको भएपनि पैसा नहुदा अस्पतालको शैयामा छट्पटाइरहेकी छन् ।
बुढिनन्दा नगरपालिका ८ पाण्डुसेन घर भएकि पञ्चा असोज २९ गते बिहाना एकाएक बेहोस भएकि थिईन् । आफन्तले उनलाई स्थानिय पाण्डुसेन स्वास्थ्य चौकी हुदै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ सञ्चो नहुने भन्दै जिल्ला अस्पताल बाजुरामा पुयाएका थिए । उनको अबस्था जटिल भएकाले अस्पताल बाजुराले धनगढि रिफर गरेको थियो । रिफर गरेको दुई दिन भइसक्यो, आर्थिक नहुदा बाजुरा अस्पतालको शैयामा छट्पटाइरहेको डा. निमा मर्हजनले वताएकि छन् ।
१५ दिन पहिले कोभिडको खोप लगाए देखी टाउको दुख्ने ज्वरो आउने समस्या भइरहेको श्रीमान प्रेम कठायतले वताएका छन् । जिल्ला अस्पताल बाजुरामा त जेनतेन रिन जोखो गरेर ल्याए, अन्यन्त्र लिन पैसा छैन्, अब घरमा लग्नु भन्दा बाहेक केही नभएको रुदै प्रेमले वताए । पञ्चाको ९ महिनाको दुधे बालक पनि रहेको छ । अस्पताल बाजुराले शनिवार नै धनगढी लैजान भनेको छ, तर हामी सँगै पैसा छैन्, गरिबले त मर्नु भन्दा अरु बिकल्प नभएको प्रेमले वताए ।
जिल्ला अस्पताल बाजुराकी डा. निमा महर्जनका अनुसार मेनेन्जाइटिस वा हातिपाइले हुन सक्ने वताएकि छन् । अहिले भन्ने सकिने अबस्था छैन्, सिटिस्कान, एलपि, एभिजी गरे मात्र रोगको पहिचान हुने महर्जनले वताईन् । हामीले त हिजो नै लग्नु भनेका थियौ, उनिहरु सँग पैसा नभएर यतै राखेको उनले वताईन् ।
२८ गते दशैको दिनमा राम्रै थियो, राम्रो सँग दशै मनायौ, सामान्य ज्वरो र टाउको दुख्ने समस्या त कोभिडको खोप लगाइसकेपछि भइरहेको थियो । २९ बिहान त एकाएक बेहोस भएको आफन्तले वताएका छन् । अस्पताल बाजुरामा अहिले अक्सिजनको साहारामा उपचार भइरहेको छ, अस्पतालले चाडो अन्यन्त्र लग्ने भने पनि आफन्तले लिन नसकेको अस्पतालका कर्मचारी मान बहादुर हमालले वताएका छन् । पञ्चालाई बाजुरा बाट धनगढी काठमाडौ लग्ने एम्बुलेन्स लिन पैसा छैन्, अन्य उपचार त धेरै टाढाको बिषय रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार