शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • भिरबाट लडेको गाईले किचेर घाईते भएकी महिलाको आर्थिक अबस्थाले उपचारमा समस्या

भिरबाट लडेको गाईले किचेर घाईते भएकी महिलाको आर्थिक अबस्थाले उपचारमा समस्या

  • सोमवार, अशोज २५, २०७८
भिरबाट लडेको गाईले किचेर घाईते भएकी महिलाको आर्थिक अबस्थाले उपचारमा समस्या

बाजुरा — भिरबाट लडेर आएको गाईले किचेर घाईते भएकी बडिमालिका नगरपालिका ३ की ६५ बर्षिया थेवा रोकायाको उपचारमा समस्या भएको छ । थेवाको परिवारको आर्थिक अबस्था कमजोर भएकोले उपचारमा समस्या भएको छ । लडेर आएको गाइले किचेर घाईते भएकी रोकायाको जिल्ला अस्पतालमा उपचार हुन नसकि सेति प्रादेशिक अस्पताल रिफर गरिएको थियो ।
सेति प्रादेशिक अस्पताल पनि उपचार सम्भव नभएको भन्दै रिफर गरेको उनका छोरा टेक बहादुर रोकायाले बताएका छन । अहिले पैशा अभाबका कारण धनगडीमा अलपत्र अबस्थामा परेको उनले बताएका छन । काठमाण्डौ रिफर गरेसंगै उनीसंग पैशा नभएका कारण धनगडीबाट काठमाण्डौ कसरी जाने भन्ने चिन्ता भएको उनका छोरा टेक रोकायाले बताएका छन । बिरामीलाइ जहाजमा काठमाडौ लिन भनेपनि पैसा नभएर धनगढिमा रहेको रोकायाले वताए ।
घाइते थेवालाई आइतबार दिउसो गाइ चराउन गएकी साझँ पख घर ल्याउने क्रममा भिरबाट गाइ लडेर आयो र तल रहेकी थेवाको शरिरमा लछारीदा उनि घाईते भएकी उनका आफन्त अमर खड्काले बताएका छन । घाईते भएकी रोकायालाई राति नै जिल्ला अस्पतालमा उपचारका लागि ल्याएको भए पनि जिल्ला अस्पतालमा उपचार हुन नसिकि सेती अंचल अस्पतालमा रिफर गरिएको थियो तर त्यहा पनी उपचार सम्भव नभएको भन्दै सेति प्रादेशिक अस्पतालले रिफर गरिसकेको उनका छोरा टेक रोकायाले बताएका छन ।
आर्थिक अवस्था निकै कमजोर भएकोले थेवाको धनगढी सम्म एम्बुलेन्सको भाडा तिर्ने पैसा पनि नभएकोले मार्तडि देखी नेपाल प्रहरीले आफ्नो गाडीमा बल्दे सम्म पुर्याइदिएको जनाएको थियो । त्यहाबाट बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहको समन्वयमा एम्बुलेन्समा धनगडी पुर्याएकी रोकायाको धनगडी स्थित सेती अंचल अस्पतालबाट पनि रिफर गरीएको छ ।

चर्चामा

सम्बन्धित समाचार