शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • मानसिक दिवसको अवसरमा चिकित्सक, विभिन्न संस्था, पत्रकारसहित १३ जना सम्मानित

मानसिक दिवसको अवसरमा चिकित्सक, विभिन्न संस्था, पत्रकारसहित १३ जना सम्मानित

  • सोमवार, अशोज २५, २०७८
मानसिक दिवसको अवसरमा चिकित्सक, विभिन्न संस्था, पत्रकारसहित १३ जना सम्मानित

काठमाडौं–  विश्व मानसिक दिवसको अवसरमा पत्रकारसहित १३ जनालाई सम्मान गरिएको छ । मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्धारा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

चिकित्सक, विभिन्न संस्था, पत्रकारसहित १३ जनालाई सम्मान गरिएको मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालका सभापति एवं मनोविद गोपाल ढकालले बताए । त्यस्तै कार्यक्रममा उहाँले कोरोना महामारीले मानसिक स्वास्थ्यमा असर पुगेको बताए ।

कार्यक्रममा मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्न सरोकारवालाहरुले जोड दिएका थिए । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ चासो दिएको बताए । उहाँले मानसिक स्वास्थ्यका विषयमा आफूले गर्न सक्ने र गर्नुपर्ने काममा आफूले सकेको गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा.डा. सरोज ओझाले मानसिक स्वास्थ्यका मुद्दाहरु अझै पनि सम्बोधन हुन नसकेको गुनासो गरे । उहाँले अझै सामाजिक लाञ्छना, भेदभाव र जनचेतनाको अभावले मानसिक समस्या लुकाउन बाध्य रहेको सुनाए ।

चर्चामा

सम्बन्धित समाचार