सुरेशकुमार पान्डे — मेला पर्वहरु नजिकिंदै गर्दा गरिखाने बर्गका समस्यहरुमा पनि बृद्धी हुन्छन।हामी नेपालीहरुको लागि त दंशै लगायतका सबै मेलाहरु धेरैका लागि दशानै हुन जस्तो लाग्छ।यो बेला पर्वाशी नेपालीहरु स्वदेश फर्किने क्रममा ठाउँ ठाउँमा लुटिएका हुन्छन।सिमानाहरुमा मौका ढुकेर बसेका डांकाहरु बाट बचेर गएपछि दुःख सुख्ख जसो तसो दंशै मनाउँन पाईन्छ।आफ्नो कार्यक्षेत्रबाट बाटालागेपछि ठगिने लुट्टिने धेरै कांडहरु हुँदै आएकाछन।पहिले भारतस्थित नेपालीहरुले यो बेलामा बौडरहरुमा जुलुस गर्ने प्रशासनलाई ज्ञापन दिने गर्दा काफि रोकथाम भयकोथियो।तर अहिले फेरी घटनाहरुमा बृद्धी हुँदैग एकोछ।
हामि खासगरि भारतमा काम गर्ने श्रमजीवीहरुको हकमा उपरोक्त अबस्था देखिएकाछन।तर समग्रहमा गरिबहरुका लागि पनि कयौं प्रकारले मेलापर्वहरुले खर्च बढाउँने,रीणमा पार्ने गर्छन।यो सबैलाई थाहा भयको कुराहो।यसो भन्दा दंशै लाई मनाउँनै हुँदैन भन्न खोजेको होईन।बरु गरिव श्रमजीवीहरुको लागि सुवाउँदो खर्च गरेर शाधार्ण रुपमा मनाउँनु पर्छ ताकि हामिलाई पनि मेला पर्व महेशुर्ष हौश।बढि खर्च गर्ने जुवा तास खेल्ने जांड रक्सि पिउँने र खर्चिलो दंशै मनाएर अर्को दंशै सम्म रिण तिर्ने ब्यबहार नहौश।आपसमा लडाई झग्डा डांडमार गर्ने परमपराको अनत्य गर्नुपर्छ।
याद रहौश दंशैको अर्थ”कामूक,क्रोध,लोभ,मोहगाद,मत्सर,अहेंकार, आलस, हिंशा र चोरी भ्रष्टचार आदी लाई रोक्ने वा त्याग्ने प्रेणा दिने पर्वको रुपमा मनाईन्छ।
वीजय दशमिको बारेमा भन्नुपर्दा-यो हिंशामा अहिंशाको,गलतमा सत्यको विजयको पर्वहो।यसको बारेमा कहिले दिखुन मनाउँन थालेका हुँन त्यसको बारेमा सम्पष्ट धाराण भेट्टिदैन।मात्र किम्दन्ति कथाहरुमा बिभिन्न बुद्धिजीवीहरुको आ-आफ्नै प्रकारको मत बिष्लेषण छन।
तरपनि यो हिंन्दुहरुको सदियौँ पुरानो ऐतिहाशिक परमपरा बोकेको पर्वहो भनेर भन्ने कयौं आधारहरु भेटिन्छन।वास्तबमा पहिलेका राजा महाराजाहरुले यो दिन रणक्षेत्रमा शंघर्ष का लागि कुँद्थे।कसैले यो दिनमा आफ्ना गलत लतहरु छाडेका हुन्छन।नयाँकामको शुरुवात गर्ने दिनको रुपमा कयौं धार्मिकहरुले लिन्छन।
नवरात्र आयुध-पुजा नेपालीहरुको चाड मानिन्छ।नवरात्र हिंदुधर्मावलम्बिहरुले अश्विन मैनाको शुक्ल प्रतिपदाका दिन देखि नवमि सम्म(नवरात्रभरी)शक्तिको आरधना गरि दंशैको दिनको बिहान दशमिको दिनको बिहान आफु भन्दा ठुला मान्यजनहरुको हातबाट टिका आसिर्वाद र प्रसाद गरण गर्छन।बिशेष रुपमा पुर्णिमा सम्म(प्रशाद ग्रहणका लागि)मनाउँने गरिन्छ।धर्म शास्त्रका अनुसार यो पर्व धार्मिक पर्वनै हो।अश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखि नवमि सम्म नवरात्रा बिधिले प्रत्येक दिन फरक-फरक देवीहरुको पुजा अर्चना हुन्छ।प्रदिपदा देखि क्रमसै सैलपुत्री,ब्रहमचारणी, चन्द्रघन्टा,कुष्माण्डा,स्कान्द माता,कात्यायनी,कालरात्री,महागौरी शिदु्धिदात्री गरि नवदुर्गाको पुजागर्दै सप्तशती(चण्डी)पाठ गरि नवदुर्गा र तृशक्ति महाकाली महालक्ष्मि र महासर स्वोतीको बिशेष पुजा आशा र आरधना गरिन्छ।विजय दशमीका दिन भगवतिले दानवी शक्ति माथि विजय हासिल गरेको भन्ने पनि भनाईछ।
भारतमा यसलाई रामले रावण माथि पाएको विजयको उत्सवको रुपमा मनाउँछन।उनिहरुले नौ दिन सम्म रामलिला गरेर दशौं दिनमा रावणको बिशाल प्रतिमा बनाएर राम लक्षमुन द्वारा बाण चलाएर राबणको हत्या गरेको दर्शाउँछन।यसलाई हिंदुको पर्व भन्नेहो भने रामण आफैपनि हिंदु बरामण थिए।नेपालमा मंगलमुलुक बाट आएका जनजातिले सेतो टिका लगाएर मनाउँछन।अहिले रावणलाई जलाउँने परमपरा पनि भेट्टिन्छ।यो परमपरा एक प्रकारले अनौठो पनि लाग्छ।नेपालमा नेपालीहरुले मनाउँने दंशै र भारतमा हिंदुहरुले मनाउँने दंशैमा मौलिकरुपमा अन्तर भेटिन्छ।तर पनि हाम्रा देशका जनताहरुले छिमेकिको देखा सिकिलाई बढि अप्नाएकाछन।बर्षमा तिन पटक महान दिनमा दंशैका पर्वहरु पर्छन।चैत्र,शुल्क,एव.कार्तिक शुल्कको प्रतिपदा तिथि”यिनि दिनहरुमा हिन्दुहरुले नया काम सुरुगर्छन।शस्त्रको पुजा गर्छन प्राचिनकाल देखि मनाउँदै आएको बडा दंशैका दिन राजाहरुले विजयको रुपमा प्राथना गरेर रण-क्षेत्रमा यात्राको लागि प्रस्थान गर्ने गर्थे।हिंदुको संकृतमा भनिन्छ “बिरताको पुजक,अनि शौर्यको उपासक हो”दंशै।
हामिहरुले पनि औजारहरुको पुजा गर्छौं यो नराम्रो त होईन।आफुले प्रयोग गरेका औजार कृषिका औजारहरुको पुजा गर्नुलाई नराम्रो भन्न मिल्दैन।ब्याक्ति र समाजको रगतमा बिरता प्रकट हौश भन्ने ध्यायले दंशैको उत्सव(पर्व)सुरुभयको देखिन्छ।कहिले सुरु भयो त्यसबारे भने प्रष्ट गर्न गराउँन सक्किन्न यस्का कयौं किमदन्ति लेख रचनाहरुछन।मैले माथि शास्त्रनुसार कहेभनाई लेखेकोछुँ।हामिले कुनै पनि मेला पर्व मनाउँदा आफ्नो ब्याक्तिगत पारिवारीक अबस्थालाई ध्यानमा दिएर देश र जनताको हितमा मनाउँनुपर्छ।हामिले यि मेलापर्वहरु लाई सामाजिक गहनाको रुपमा लिन्छौं तर आबस्याक भन्दा बढि खर्चिलो गर्नु गलतहो।उस्तै बिदेशीहरुको नक्कल गर्नु भन्दा आफ्नो देशको परमपरामाथि ध्यायन दिनुपर्छ।बिदेशीको जानि नजानि गर्ने नक्कल पनि एकप्रकारले राष्ट्रघातनै हो।दंशैलाई रुढीवादी र दन्ते कथाको रुपमा भन्दा प्रगतिशिल प्रकारको जस्ले देशलाई अखण्डता र जनतालाई अनुसाशित एकताको रुपमा चित्रण गर्न सकुश।त्यो रुपमा मेलापर्व मनाउँनुपर्छ।
अहिले यो २०७८सालको विजय दशमिको सबै देश र बिदेशमा रहनु भयका नेपालीहरुलाई हार्दिक शुभ कामनाछ