बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • नेपाली काँग्रेस बाजुरा पाटि सभापतिमा रामसिंह रावल विजयी

नेपाली काँग्रेस बाजुरा पाटि सभापतिमा रामसिंह रावल विजयी

  • शुक्रबार, अशोज २२, २०७८
नेपाली काँग्रेस बाजुरा पाटि सभापतिमा रामसिंह रावल विजयी

बाजुरा–नेपाली काँग्रेस बाजुराको सातौ जिल्ला अधिबेशन बाट नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन् । रावलले ६ सय ५ मत ल्याएर सभापतिमा विजयी भएकाे निर्वाचन समिति बाजुराले जनाएको छ ।

निर्वतमान पाटि सभापति कबिराज पण्डितलाई ३९ मतले पराजित गर्दै विजयी भएका हुुन् । दोस्रो चरणको भएको मतदानमा ११ सय ८२ मत खसेका थिए । रावलले ६ सय ५ र पण्डितले ५ सय ६६ मत ल्याएका छन् ।

पहिलो चरणमा कबिराज पण्डित, रामसिहं रावल र चक्र शाह बिच प्रतिश्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिको लागि दोस्रो चरणमा मतदान भएको थियो । पहिलो चरणमा कुल खसेका १२ सय ५ मत मध्ये कबिराज पण्डितको ४ सय ८९, राम सिं रावलले ४ सय ७४ र चक्र शाहले १ सय ५२ मत ल्याएका थिए ।
पहिलो चरणमा १ सय ५२ मत ल्याएका शाहले दोस्रो चरणको चुनावमा रावललाई सहयोग गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।

त्यसै गरी उप सभापतीमा नारायण पाध्याय ७ सय ४८ पदम बडुवालको ७ सय ५६ मत ल्यायर बिजयी भएका छन । उनका प्रतिद्धन्द्धी शेर बहादुर खातीको ४ सय ३२ मत प्राप्त गरी पराजित भएका छन । नारायण पाध्याय तिन ओटै टिममा परेका भए उनको पनी पौटेल पक्षमा बढि झुकाव रहेको छ ।

सचिवमा तिलकराज पुरीको ५ सय ६५ भरत बहादुर रोकाया ५ सय १४ मत गरी बिजयी भएका छन भने उनका प्रतिद्धन्दी रनसिहं अएडी ४ सय ४२ शिब बोहराले ४ सय १५ मत र राजेन्द्र शाह बिपीले १ सय २७ मत प्राप्त गरी पराजित भएका छन ।
सह सचिवमा कृष्णराज पाध्याय ४ सय ६६ र सुरेन्द्र बहादुर सिहंले ३ सय ८० मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिदन्दी धन बहादुर रावत १ सय ६६ नन्द बहादुर रावत ९१ प्रकाश रावल ३ सय ६४, मिन बहादुर भण्डारीको ३ सय १५ र मोहनसिं कार्की २ सय ३३ मत ल्याएर पराजित भएका छन । माथि उल्लेखीत बिजयी भएका मध्य सहसचिव सुरेन्द्र सिहं मात्रै देउवा पक्षबाट बिजयी भएका छन ।

सदस्यमा बडिमालिका नगरपालिकाबाट कृष्णराज उपाध्याय ४ सय १ र धनलाल पाध्याय ३ सय २७ मत ल्याएर बिजयी भएका छन । बुढिगंगा नगरपालिकाबाट महिला सदस्य सुर्जादबी रावल ३ सय १ पुरुष सदस्यमा प्रेम थापा ३ सय ४५ बलबहादुर थापा २ सय ८९ मत ल्याएर बिजयी भएका छन ।
त्यस्तै त्रिबेणी नगरपालिकामा सदस्यमा करिस्मा ऐडी ३ सय ५३, राजेन्द्र खत्री ३ सय ३९ र जुद्ध बहादुर ऐडीले ३ सय २६ मत ल्याएर बिजयी भएका छन । खप्तड छेडेदह गाउँपालिकामा धर्मा बुढाको ३ सय २८, कुम्भनाथ योगी ३ सय १४ मत ल्याएर बिजयी भएका छन ।

स्वामिकार्तिक गाउँपालिकामा अप्सरा शाहीले २ सय ४७ र हिक्मत बहादुर बुढाले २ सय ६ मत ल्याएर बिजयी भएका छन ।
खस आर्य खुला सदस्यहरुमा अन्तिम बहादुर शाही ४ सय ३३, अशोक बहादुर दानी ५ सय ४३, कपुर अधिकारी ३ सय ७ जयन्द्र शाह ३ सय ५, देब बहादुर रोकाया ५ सय १३ मोहोन बहादुर भाट ३ सय ५५ मत ल्याएर बिजयी भएका छन ।
दलित जनजाती समुहबाट तनी थापा भोटेको ३ सय ८४, दलित सदस्य साईमल ल्वार ४ सय ७८ र बिरभान ल्वार ३ सय ९९ र अपाङग अल्पसंख्यबाट कृष्ण कुमार गिरीले ४ सय १७ मत ल्याएर बिजयी भएका छन ।

नेपाली काँग्रेस बाजुराको अधिबेशनमा सभापतीमा ३ जना, उप सभापतीमा ३ जना सचिव ५ जना, सह सचिवमा ७ जना जिल्ला कार्य समितिमा १९ जना जनजाती कोटामा ३ जना, दलितबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना, बडिमालिका नगरपालिका ५ जना, बुढिगंगा नगरपालिका ७ जना, त्रिबेणी नगरपालिकाबाट ६ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ५ जना, स्वामिकार्तिक खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालिकाबाट ३ जना रहेको थिए ।

चर्चामा

सम्बन्धित समाचार