मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाली काँग्रेस बाजुरा : मतगणना अपडेट , ३०१ मत गणनाको पहिलो नतिजा यस्ताे छ

नेपाली काँग्रेस बाजुरा : मतगणना अपडेट , ३०१ मत गणनाको पहिलो नतिजा यस्ताे छ

  • बुधबार, अशोज २०, २०७८
नेपाली काँग्रेस बाजुरा : मतगणना अपडेट , ३०१ मत गणनाको पहिलो नतिजा यस्ताे छ

बाजुरा — नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मतदान गणनाको प्रारम्भीक नतिजा प्रकाशन भएको छ । बाजुराको नेपाली काँग्रेसको १ हजार २ सय १२ मध्ये १ हजार २ सय ५ मत खसेको थियो । बिहान ६ बजे देखी गणना सुरु गरिएको मत परिणाम अनुसार सभापतिका उम्मेद्धार कबिराज पण्डितको १ सय २४ चक्र शाहको ३२ र रामसिं रावलको १ सय २२ मत ल्याएका छन ।
त्यसै गरी उप सभापतीमा नारायण पाध्याय १ सय ८० पदम बडुवालको १ सय ८६ र शेर बहादुर खातीको १ सय २ मत प्राप्त गरेका छन । सचिवमा तिलकराज पुरीको १ सय ४० भरत बहादुर रोकाया १ सय २६ रनसिहं अएडी १ सय ९ राजेन्द्र शाह बिपिको ४० र शिब बोहराले १ सय मत प्राप्त गरेका छन ।
सह सचिवमा कृष्णराज पाध्याय १ सय २०, धन बहादुर रावत ३४, नन्द बहादुर थापा २६, प्रकाश रावल १ सय १, मिन बहादुर भण्डारीको ८६ मोहनसिं कार्की ५७ र सुरेन्द्र बहादुर सिहंको ८५ मत रहेको छ ।
निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम छ भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको छ । त्यस्तै मध्यमार्गी टिमबाट चक्र बहादुर शाहाको प्यानल रहेको छ ।
नेपाली काँग्रेस बाजुराको अधिबेशनमा सभापतीमा ३ जना, उप सभापतीमा ३ जना सचिव ५ जना, सह सचिवमा ७ जना जिल्ला कार्य समितिमा १९ जना जनजाती कोटामा ३ जना, दलितबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना, बडिमालिका नगरपालिका ५ जना, बुढिगंगा नगरपालिका ७ जना, त्रिबेणी नगरपालिकाबाट ६ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ५ जना, स्वामिकार्तिक खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालिकाबाट ३ जना रहेको छन ।
त्यसै गरी महाधिबेशन प्रतिनिधी महिलाबाट ७ जना र पुरुस खुलामा २२ जना रहेका छन । खस आर्य महिलामा ६ जना र पुरुष खुलामा १० जना उम्मेद्धार रहेका छन भने । समाबेशी ४ जना दलित महिला २ जना, दलित ३ जना रहेका छन । मधेशी लगायत का कोटामा ७ जना बिच मतदान भएको छ ।

चर्चामा

सम्बन्धित समाचार