बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ६६ औँ प्रहरी दिवस २०७८ सम्पन्न

बाजुरामा ६६ औँ प्रहरी दिवस २०७८ सम्पन्न

  • बुधबार, अशोज २०, २०७८
बाजुरामा ६६ औँ प्रहरी दिवस २०७८ सम्पन्न

जिल्ला प्रहरी कार्यालय बाजुराकाे आयाेजनामा ६६औँ प्रहरी दिवश २०७८ भव्यताका साथ सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयहरुले आज अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुकाका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६६ औं प्रहरी दिवश २०७८” मनाएको हो । कर्तब्यलाइ पुरा गर्छाै  जीउ ज्यानकाे प्रभाह नगरी  दिनरात सुरक्षामा तैनाथ रहने भन्ने मुल नाराका साथ दिवसकाे आयाेजना गरी सम्पन्न गरिएकाे छ ।

प्रहरी दिवसको अवसरमा उत्कृष्ठ प्रहरी पुरस्कार तथा अमर प्रहरीकाे परिवारका सदस्य र पुर्व प्रहरीका अधिकारीहरूलाइ दाेसल्ला सहित सम्मान गरी प्रहरी दिवस मनाएकाे प्रहरी निरीक्षक धनदेव साँउदले बताएका छन। जिल्ला  प्रहरी कार्यालय बाजुरामा आयोजित विशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत बाजुराका न्यायधिस माधव प्रसाद घिमिरे रहेका थिए ।

  प्रमुख जिल्ला अधिकारी गाेपालकुमार अधिकारी बिषिष्ठ अतिथिकाे रूपमा रहेकाे थिए । अन्य सुरक्षा निकायका प्रमख सरकारी कार्यालयका प्रमुख तथा प्रतिनधी पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे ।  कार्यक्रममा प्रमुख अतिथी समेत रहेका जिल्ला न्यायधिस माधव प्रसाद घिमिरेले जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम राख्न नेपाल प्रहरी संग सहकार्य गरी समुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग पुगेकाे र यसलाइ थप चुस्त दुरूस्त राखी कार्य सम्पादन गर्न प्रहरीलाइ अनुराेध गरेका छन ।

त्यसै गरी प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले बर्दीकाे प्रहरीले मात्रै नभएर बिना बर्दिका प्रहरी हामी पनी भएकाेले जिल्लाकाे शान्ती सुरक्षा ब्यवस्था अमन चयन गर्न सबैले लाग्नुपर्ने बताए । जिल्लामा थाेरै सख्यामा प्रहरी रहेकाेलेले जिल्ला बासी सम्पुर्ण नागरिकहरूले हामी पनी प्रहरी नै हाै शान्ती सुरक्षामा हाम्राे पनी भुमिका रहन्छ भन्ने कुराकाे सन्देश सहित अनुराेध गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायब उपरीक्षक मदन जित महराकाे साभापतित्वमा संचालन गरिएकाे कार्यक्रमकाे संचालन प्रहरी निरीक्षक धनदेव साँउदले गरेका थिए ।  ६६ औं प्रहरी दिवसको अवसरमा अमर प्रहरी स्मारकमा पुष्पहार गुच्छा तथा श्रद्धान्जली अर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति जिल्ला न्यायधिस घिमिरे लगायत कार्यक्रममा आमन्त्रित सम्पुर्ण अथितिहरुले अमर प्रहरीको स्मारकमा फुलमाला अर्पण गरेका थिए ।

 

चर्चामा

सम्बन्धित समाचार