शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फुटबल
  • बाजुरा युनाइटेडलाई राजधानीमा सम्पन्न एसइइ कपको उपाधि

बाजुरा युनाइटेडलाई राजधानीमा सम्पन्न एसइइ कपको उपाधि

  • मङ्लबार, अशोज १९, २०७८
बाजुरा युनाइटेडलाई राजधानीमा सम्पन्न एसइइ कपको उपाधि

काठमाडौं– बाजुरा युनाइटेड स्पोर्ट्स क्लबले एसइइ कप २०७८ को उपाधि जितेको छ। सोमबार भएको फाइनल खेलमा एनबिटि ब्वाइजलाई ५–३ गोलले पराजित गर्दै बाजुराले उपाधि जितेको हो।

एबिसि फुटबल एकेडेमिको आयोजनामा प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको थियो। उपाधि जितेपछि बाजुरा युनाइटेडका प्रशिक्षक प्रविण भण्डारीले टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्। ‘प्रतियोगिताभर टोलीको प्रदर्शन उत्कृष्ट रह्यो। हामी उपाधिका हकदार हौं,’ उनले भने।

बाजुरा युनाइटेडका अध्यक्ष पुष्प विष्ट (ज्वाला)ले फुटबलमा भविष्य खोज्ने बाजुराका युवा खेलाडीहरुका लागि यो प्रतियोगिता एक कोशेढुंगा साबित भएको बताए। ‘बाजुराजस्तो ठाउँबाट यहाँ आएर उपाधि जित्नु सजिलो थिएन। तर खेलाडीको कडा मेहनतले हामीले यो सफलता हासिल गर्न सफल भएका छौं,’ विष्टले भने, ‘यो उपाधिले बाजुरा युनाइटेडको आगामी यात्रामा थप उर्जा थपिएको छ। सबैलाई बधाई।’

एसइइ कपमा भर्खर एसइइ पास गरेका खेलाडीहरु सहभागी भएका थिए। बाजुरा युनाइटेडका गोलकिपर कुम्बा देउवा प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भएका छन्।

चर्चामा

सम्बन्धित समाचार