गरिबहरु लाई न कहिलै कसैको आश हुन्छ,
न सहयोगि भन्नुनै आफ्नो मान्छे खाश हुन्छ।
शिशमहल बनाउँने उनै कर्मिहरुलाई नि हेरौँ,
आफ्नो न त ओट लाग्ने राम्रो घर बाश हुन्छ।
जन्मिए देखुन न मर्दा सम्मनी गरिवहरु लाई,
दश नङ्ग्रा खियायपछि मात्र एक गास हुन्छ।
मान्छे मान्छकै बिच कति फरकछ समाजमा,
कसैलाई धनको कसैलाई दुःखको रास हुन्छ।
जसले गरिव मुक्तिकै नाममा भोट माग्ने गय्रो,
उनिहरुको बिचमा झनै ठुलठुला तमाश हुन्छ।
करिबलाई कहिले कजाई कहिले फकाई लुटे,
त्यसैले त गरिब शंघर्षमा सदियौँ हताश हुन्छ।
सेतेहरु भन्नेगर्छन श्रमजीविकै मर्म नबुझ्नेहरु,
कि नरपिचास हुन्छ कि भने ज्युँदो लाश हुन्छ।
सुरेशकुमार पान्डे।