शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश २
  • अख्तियारविरुद्ध रौतहटमा जसपाको बिरोध प्रदर्शन 

अख्तियारविरुद्ध रौतहटमा जसपाको बिरोध प्रदर्शन 

  • सोमवार, अशोज १८, २०७८
अख्तियारविरुद्ध रौतहटमा जसपाको बिरोध प्रदर्शन 

 मेवालाल यादव — प्रदेश नम्बर २ को अस्थायी रौतहटको सदरमुकाम गौरमा बिरोध प्रदर्शन निकालिएको छ । आइतबार जनता समाजवादी पार्टीको बिरोध प्रदर्सन गौरको बि पि चौक देखि निस्केको बिरोध प्रदर्सन नेपाल लौज सम्म पुगेर कोणसभामा परिणत भएको हो । रौतहट जिल्ला समन्वय समितिद्वार आयोजित अख्तियरका विरुद्धमा बिरोध प्रदर्शन गरिएको हुन् ।

सो कोणसभामा जिल्ला समन्वय समितिको उपसभापति राम आशिष यादवले बोलेका थिए । ‘बेटी बचाउ,बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै अख्तियारले आघात पुर्‍याउने कार्य गरेकोले अख्तियारविरुद्ध आन्दोलनमा उत्रनु परेको उनिहरुले भने ।

यससँगै, अख्तियारले छानबिनको नाममा जबरजस्ती छापामारीको प्रदर्सनकारीहरुले आरोप लगाउदै आपत्ति जनाउँदै अख्तियार प्रमुखको राजीनामा समेत माग गरेका हुन् । यसैगरी, प्रदेश २ का सबै जिल्लामा बिरोध प्रदर्सन भएको छ । आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन कार्यक्रम रहेका प्रदेश सान्सद तथा रौतहटका चर्चित बिधायक रामकिशोर यादवले बताए ।

यस्तै , अख्तियारको छापामारी विरुद्ध जसपाको केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिले विरोध गरेको हुन् । छापामारीको क्रममा अख्तियारले “बेटी बचाउ,बेटी पढाउ” कार्यक्रम अन्तर्गतका साइकल वितरणका कागजातहरु लगेको छन् । यद्यपि जनता समाजवादी पार्टी नेपालका जिल्ला समन्वय समिति रौतहटले आइतबार बृहत बिरोध प्रदर्शन गरेका छन् ।

सो बिरोध प्रदर्शन कार्यक्रममा प्रदेश सान्सद तथा रौतहट चर्चित बिधायक रामकिसोर यादव, देवाही गोनाही नगरपालिका नगर प्रमुख धर्मेन्द्र पटेल ,माधवनारायन नगरपालिका नगर प्रमुख बिरेन्द्र यादव, जिल्ला समन्वय समितिको उपसभापति राम आशिष यादव, युवा क्रान्तिकारी नेता स्याम बिहारी यादव, बेटि पढाउ बेटि बचाउको जिल्ला संयोजक महिला नेतृ सोभा साह, गिता कुशवाहा, युवा नेता शेख सकिल , शेख कलाम लगायत विभिन्न नेता तथा कार्यकार्ताहरुको उपस्थिति रहेको थियोे ।

चर्चामा

सम्बन्धित समाचार