• होमपेज
  • बाजुरा बिशेष
  • काँग्रेस बाजुरा पार्टी सभापतीमा कबिराज पण्डीतकाे उम्मेद्धवारी सहित प्यानल घोषणा

काँग्रेस बाजुरा पार्टी सभापतीमा कबिराज पण्डीतकाे उम्मेद्धवारी सहित प्यानल घोषणा

  • आइतवार, अशोज १७, २०७८
काँग्रेस बाजुरा पार्टी सभापतीमा कबिराज पण्डीतकाे उम्मेद्धवारी सहित प्यानल घोषणा

बाजुरा —  नेपाली काँग्रेस बाजुराको ७ औ जिल्ला अधिबेशनमा काँग्रेसका सभापती कबिराज पण्डितले पुन: पाटि सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । पण्डितले सभापति सहित आफ्नो प्यानल समेतको घोषणा गरेका छन् ।
नेता पण्डितले पार्टीकाे केन्द्रिय सभापती देउवा प्यानलबाट नेपालि काँग्रेस बाजुराको सभापतीकाे उम्मेद्धवार रहेको वताएका छन् । आफु देउवाकाे अनुयायी भए पनि जिल्लामा सबैलाइ मिलाएर पाटीलाइ चलायमान बनाउन सबै संग एउटै ढिक्का बनाएर जाने बताएका छन ।  याे पक्ष वा त्याे  पक्षको नभइ काँग्रेस बाजुरालाइ सुदृढ र चलायमान बनाउन फेरी सभापतीकाे उम्मेद्धवारी रहेको पण्डितले वताएका छन् । जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरि सभापती पण्डितले पुन सभापतीमा दोहोरीने घोषणा गरेका हुन । पार्टीको बिधानतह मैलै एक पटक पुन पार्टीको सभापतीमा दोहोरीने आकाङ्क्षा  रहेको   पण्डितले बताएका छन ।
पण्डितकाे  प्यानलमा उपसभापति नारायण प्रसाद पाध्याय र शेर बहादुर खाती , सचिबमा रनसिहं अएडी,शिब बहादुर बाेहरा, सहसचिबमा भने भाेली बिहान सम्म टुङ्गाे लगाउने बताएका छन  ।  अन्य जिल्ला कार्यसमिति सदस्य तथा महाधिबेन प्रतिनिधिमा समेत उनको प्यानल बाट टुङ्यार उम्मेद्धवार घोषणा गर्ने बताएका छन ।

नेपाली काँग्रेसको १४औँ महाधिवेसन तथा साताैँ जिल्ला अधिबेशनकाे सघांरमा पुगेर नेपाली कांग्रेस बाजुराको जिल्ला सभापतिको पदका आकांक्षी बढ्न थाले संगै बर्तामान सभापती पण्डितले पनी एक पटक पुनः सभापतीमा दोहोरीने र सभापतीको उम्मेद्धवारी दिने  बताएका छन । काँग्रेसको छैटौ अधिबेशनमा निर्बाचित भइसकेके पछि पनि  केही कामहरु अधुरो रहेकोले सो काम पुरा गर्न सभापती पण्डितले ७ औँ जिल्ला अधिवेसनमा आफु सर्बसम्बत रुपमा सभापती हुने बताएका छन ।  आफुले जिल्लाको बिकास संगै पार्टि संगठनहरु बलियो बनाउन गरेको प्रयासका आधारमा आफुलाइृ सभापति बन्न जिल्लाका सबै नेताहरुको साथ सहयाेग र अपेक्षा रहेकाे सभापति पण्डितले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार