शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • महाधिवेशन प्रतिनिधिमा रावलकाे उम्मेदवारी, सारे १६ बुँदे नीतिगत प्रस्ताव,

महाधिवेशन प्रतिनिधिमा रावलकाे उम्मेदवारी, सारे १६ बुँदे नीतिगत प्रस्ताव,

  • शुक्रबार, अशोज १५, २०७८
महाधिवेशन प्रतिनिधिमा रावलकाे उम्मेदवारी, सारे १६ बुँदे नीतिगत प्रस्ताव,

बाजुरा —  नेपाली काँग्रेस बाजुरालाई बलियो काँग्रेसमा सावित बनाउने लक्ष्यका साथ नेविसंघ त्रिभुवन बिश्वविधालय समिति सचीव एवम् कांग्रेस युवा नेता योगेन्द्र रावलले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा बाजुरा जिल्लाबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

विपिको समाजवादलाई आत्मसाथ गर्दै नेविसंघ त्रिभुवन बिश्वबिद्यालयकाे विद्यार्थी राजनीतिबाट उदयमान भएर भएर सम्रग बाजुराकाे बिकास तथा संगाठानिक रूपमा बलियाे काग्रेस बनाउने उदेस्यका साथ महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी रहेकाे उनले बताए ।

कांग्रेस युवा नेता रावलले नेपाली काँग्रेसमा आस्था राख्ने नेता कार्यकर्ता सबै समेट्ने र आफु निष्ठाको राजनीति गर्ने भएकाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशनमा आउने क्षेत्रीय प्रतिनिधिहरुको रोजाईमा आफू पर्ने समेत दाबी गरे ।

बाजुरा जिल्लाका सम्पुर्ण युवाहरुको प्रतिनिधिका रुपमा आफु अघि सरेको भन्दै रावलले सम्पुर्ण पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुर्ण सहभागिता सहितको बलियो काँग्रेस र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने बताए ।

नेपाली काँग्रैसको स्थानीय तहको संगठन सुधारको आधार तयार गर्ने, वडा तहका नेपाली काँग्रेसका भातृसंगठनहरु जस्तै : ने.वि.सं, महिला संघ , तरुण दल ,किसान संघ ,आदिलाई क्रियाशिल बनाउने उनकाे लक्ष्य रहेकाे उनले बताए ।  नेपाली काँग्रेस र यसका भातृ संगठनमा आवद्धकार्यकर्ता लाई राजनीतिक पशिक्षण दिने, नेपाली काँग्रेसका समग्र कार्यकर्ता ,सर्मथक एवं शुभचिन्तकलाई लोकतान्त्रिक समाजवादको सैद्धानितक जगमा उभिएर देश र जनताको पक्षमा इमान्दारीताका साथ सक्रिय र क्रियासिल गराउने नेता रावलेले बताए ।  गाउँ तहमा आम नागरिकका आवश्यकता पुरा गर्न साथ दिने र सहयोग गरि मेलमिलाप र एकताको भावना सवल गराउँदै सामाजिक एकता बलियो बनाउने ,
नेपाली समाजको सामाजिक मुल्य र मान्यताले समय सन्र्दभ अनुसार सुधार गर्दै त्यसमा अनुशासित र इमान्दार कार्यकर्ता तयार गर्ने , स्थानीय तह देखिनै आम नेपालीहरुमा नेपाली काँग्रैस प्रतिको आशा र भरोसा र विशवासको भावना सवल बनाउने उनकाे तयारी रहेकाे बताए ।  स्थानीय र प्रदेश तहका सरकार सँग समन्वय गरि स्थानीय तहको विकासमा पहल गर्ने र हरेक विकासको लागि सक्रिय भएर लाग्ने कार्य कर्ता तयार गर्ने, परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको उदेश्य, निति र कार्यक्रम परिमार्जन गरि समय सान्दर्भिक बनाउनु पर्ने, देशको बर्तमान ,सामाजिक , आर्थिक ,राजनीतिक सन्दर्भ बुझी विश्वपरिवेशसँग जोड्दै उपयूक्त विश्लेषण गरि ठोस तथ्य पत्ता लगाई उपुक्त निति तय गर्ने
नेपाली काँग्रेसको नयाँ नेतृत्व सरकारमा जाँदा लोकतान्त्रिक समाजवादको माध्यमबाट देश र जनताको हितका काम गर्दछ भन्ने बुझाई विकास गर्ने, नेटवर्किङ पोलिटिक्स लाई बिस्थापित गरि आईयोडियोलोजी कोे साजनीति स्थापीत  गर्ने, पार्टी सदस्यतालाई खुल्ला र बिस्तारित बनाउदै स्थानीय उत्कृष्ट प्रतिभाहरुलाई नेपाली काँग्रेस पार्टीका रचनात्मक एवंम ज्ञानवर्धक कार्यक्रमसँग जोड्न पहल गर्ने लगायतका उनका उदेस्य रहेका छन ।

आन्तरिक ,किचलो चरम गुटबन्दी र अपारदर्शिताको दिर्घरोगबाट पीडित भएको बाजुरा काँगे्रसलाई नवीन जीव प्रवाह गर्ने, बाजुरा जिल्लाका नागरिकको जिवनस्थर माथी उकस्नकानको लागि नेपाली काँग्रेसलाई अग्रसर गराउने, बाजुरा जिल्लाका सरकारी निकाय मार्फत नागरिकहरुलाई प्रवाह गर्ने सेवाको गुणस्तरीयतामा बृद्धि गर्न बिशेष ध्यान दिने र आवश्यक पहल गर्ने, परम्परागत गुटहरुकाे बिचमा पिल्सिएका राम्रा मान्छेहरुकाे संरक्षण पलाएन भएका प्रतिभाहरुकेा खाेजि र युवाहरुकेा राजनैतिक भबिस्य सुनिश्चितताका लागि आफु कटिबद्ध भएर लड्ने उध्घाेष गर्दै नेता रावलले समाजमा रहेका बिकृती, विसंगति भ्रष्टाचार विरुद्ध आन्दाेलनकाे जेहाद क्षेड्ने र पार्टीको आमूल परिवर्तनका लागि अग्रसर रहने उनले गगन वाणी अनलाइन खवरलाइ बताए । नेता रावलले अधिवेशनमा नेतृत्वकाे लागि मात्र लडाइ भइरहेकाे प्रति असन्तुस्टि जनाउदै बाजुरा काँग्रेसमा नितिगत सुधारका लागि तपसिल बमाेजिमका १६ बुँदे प्रस्ताब अघि सारेकाे उनले बताएका  छन् ।

नेपाली काँग्रेस समग्र कार्यक्रता तथा सुभिचन्तकहरुलाइ लाेकतान्त्रिक समाजबादकाे सैधान्तिक जगमा पुगेर देश र जनताकाे पक्षमा इमान्दारीताका साथ सक्रिय क्रियाशिल गराउने, बाजुरा जिल्लाका नागरीककाे जिवनस्तर माथि उकास्नकाे लागि नेपाली काँग्रेलाइ अग्रसर गराउने, बाजुरा जिल्लाका सरकारी निकाय मार्फत नागरीकहरुलाइ प्रवाह गर्ने सेवाकाे गुण स्तरीयतामा बृद्धि गर्ने र आबस्यक पहल गर्ने, नेटवर्किङ पाेलेटिक्स लाइ बिस्थापित गरी आइडियाेलाेजिकाे राजनिति स्थापित गर्ने नेपाली समाजकाे सामाजिक मुल्य र मान्यतालाइ समय सन्दर्भ अनुसार सुधार गर्दै त्यसमा अनुशासित र इमान्दार कार्यक्रता तयार गर्ने , स्थनिय र प्रदेश तहका सरकार संग समन्वय गरी स्थानिय तहकाे बिकासमा पहल गर्ने र हरेक बिकासका लगि सकृय भएर लाग्ने कार्यक्रता तयार गर्ने लगाएत बाजुरा काँग्रेस रुपान्तरित हुने गरी १६ वटा एेजेन्डा सहित रावलले आफु सबल भएकाे प्रमाणित गरेका छन् ।

रावलले त्रिभुवन बिश्वबिद्यालय बाट राजनिति शास्त्र र अंग्रेजीमा स्नात्तकाेत्तर गरेका छन् भने एल.एल.बि तेस्राे वर्षमा अध्यनरत छन् । बाजुराकाे स्थानिय निर्वाचनका बखत हाेस् वा संंघिय निर्वाचनमा नेता रावल काँग्रेसकाे चार तारे झन्डा उठाएकै भरमा कम्युनिष्टहरुले सुनियाेजित रुपमा बारम्बार फसाउदा समेत अबिचलित भएर नेतृत्वदायी भुमिका खेलेका रावल कसैकाे अगाडी नझुक्ने, गलत कुरामा सम्झाैता नगर्ने र निरन्तर पार्टीकाे हितमा काम गर्ने इमान्दार युवाकाे रुपमा परिचित छन् । रावल बिरुद्ध अहिले पनि जिल्ला अदालत देखि सर्बाेच्च अदालत सम्म कम्युनिस्टहरुले दायर गरेका झुटा मुद्दाहरु कायम छन् । तर रावल भने कुनै कुराकाे प्रवाह नगरि काँग्रेसकाे संगठन निर्माणमा अग्रपंत्तिमा खटिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार