शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुरा: प्रदेश (ख) को निर्बाचानमा ७ सय २५ मत खस्यो

नेपाली काँग्रेस बाजुरा: प्रदेश (ख) को निर्बाचानमा ७ सय २५ मत खस्यो

  • बिहिबार, अशोज १४, २०७८
नेपाली काँग्रेस बाजुरा:  प्रदेश (ख) को निर्बाचानमा ७ सय २५ मत खस्यो

बाजुरा — नेपाली काँग्रस बाजुराको ७ औँ जिल्ला अधिबेशनमा प्रदेश (ख) मा निर्बाचनमा ७ सय २५ मत खसेको छ । प्रदेश (ख) को सभापतीमा रंग बहादुर खाती र देब बहादुर रोकाया बिचको टिममा भएको ७ सय २७ मत मध्ये ७ सय २५ मत खसेको मतदान अधिकृतले बताएका छन । नेपाली काँग्रेस अधिबेशन मतदान अधिकृतका अनुसार बिहिबार बिहान १० बजे देखी निर्बाभएको थियो ।
जिल्लाको प्रदेश (ख) मा भएकाे मतदानमा रंग बहादुर खाती शेर बहादुर देउवा पक्ष र देब बहादुर रोकाया पौडेल- सिटौला पक्षबाट मतदानमा गएका गएका थिए। प्रदेश ख मा ७ सय २७ जना क्षेत्रीय प्रतिनिधी रहेकोमा ७ सय २५ मत खसेका छन ।
त्यस्तै उपसभापतीमा २ जनामा ६ जनाको उम्मेद्धारीमा मतदान भएको छ । जसमा शेर बहादुर सिंह, दिल ब. बुढा, गगन जंग बुढा, हरिचन्द्र पाध्याय, सत्य कुमारी रोकाया र पदम ब. बडुवाल रहेका छन ।
सचिवमा २ जनामा ४ जनाले उम्मेद्धारीमा पनि मतदान भएको छ । उम्मेद्धारी दिनेमा चक्रराज जोशी, बल ब. थापा, दिल ब. थापा र प्रभुराज जोशी रहेका छन । सहसचिवमा पनि २ जना हुनुपर्नेमा ४ जनाको मतदान भएको छ । उम्मेद्धारी दिनेमा अर्जुन नाथ, महेन्द्र रावल, हर्क ब. शाही र बिमल ब. थापा रहेका छन ।
प्रदेश अधिबेशन प्रतिनिधीमा ७ खुला मध्य २३ जनाको उम्मेद्धारहरुको मतदान भएको छ । प्रत्यक्ष प्रदेश अधिबेशन प्रतिनिधीमा ३ जना उम्मेद्धार मध्ये ५ जनाको २ जना खस आर्य प्रतिनिधीमा ४ जना बिच मतदान भएको हो । त्यसै गरी दलित खुला प्रतिनिधिमा १ जनामा २ जना रहेका छन । अपाङ्ग, मधेशी, थारु, अल्पसख्यं र मुस्लीम १ जनामा ७ जनाको मतदान भएको छ ।

चर्चामा

सम्बन्धित समाचार