बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाली काँग्रेस प्रदेश (ख) को सभापतिमा खाति र रोकाया मध्य कसले मार्लान बाजी

नेपाली काँग्रेस प्रदेश (ख) को सभापतिमा खाति र रोकाया मध्य कसले मार्लान बाजी

  • बिहिबार, अशोज १४, २०७८
नेपाली काँग्रेस प्रदेश (ख) को सभापतिमा खाति र रोकाया मध्य कसले मार्लान बाजी

बाजुरा — नेपाली काँग्रेशको १४ औ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशन विहिवार विहान बाट सुरु भएको छ । प्रदेश निर्वाचन क्षेत्र  (ख) को निर्वाचनमा पौडेल पक्ष बाट सभापतिका उम्मेदवार देव बहादुर रोकाया र देउवा पक्षबाट सभापतिका उम्मेदवार रंग बहादुर खाती विच रोचक प्रतिस्पर्धा देखीएकाे  छ । बुधवार विहान देखिनै जिल्ला स्तरका नेताहरुको आग्रहमा सहमति गराउन खोज्दा सहमति हुनै नसकेपछि विविहार बिहान १० बजे बाट निर्वाचन सुरू भएको छ ।

पौडेल पक्षधर बाट सभापतिका उम्मेदवार रहेका देव बहादुर रोकाया नेपाली काँग्रेश बाजुराका सस्थापक एवम अग्रज नेता समेत हुन । रोकाया हरेक विषय बस्तुमा सहमति सहकार्य र एकताका पहलु कर्ता , राजनितिक व्यक्तित्व कुसल संगठक स्वस्च्छ र पारदर्शि छविका मानिन्छन । तर उनकै गाउँपालिकाका सभापती समेत देउवा पक्षधर रहेका छन ।

त्यस्तै देउवा पक्ष बाट सभापतिका उम्मेदवार रहेका रंग बहादुर खाति भिड्ने भएका छन । खाति शिक्षक पेशा बाट  राजनितिमा आएका भए पनि उनमा पनि कुशल संगठककत्व भएका ब्यक्ती मानिन्छन । खाती विगत लामो समय देखि नेपाली काँग्रेश पाटिकाे आन्तरिक सल्लाहकारकाे रूपमा परिचित रहेका छन । खातीकाे नगरपालिकामा मात्रै जिल्लाकै सबै भन्दा बढि मतदाता रहेकाेले जित्न सक्ने आकडा निकालेका छन ।

यसरी हेर्दा दुबै पक्षले बलियाे उपस्थिती देखाइरहदा कसले बाजी मार्ने भन्ने बिषयमा मत गणनाले दखाउने छ ।  यता देउवा पक्ष बाजुराकाे प्रदेश (ख) बलियाे पक्षका रूपमा हेरीएकाे छ ।  चुनाव हुने पक्का देखिएपछि रोकाया भारि मतले विजय हुने पौडेल पक्षधरका नेता तथा कार्यक्रताले बताएका छन ।  प्रदेश (ख) काे मतदाताकाे सख्या हेर्ने हाे भने देउवा पक्षकै बढि देखीएकाे छ । तर कसले बाजी मार्छन भन्ने कुराकाे कसैले पनि आकलन गर्न सकिरहेका छैन ।

 प्रदेश ख मा ७ सय २७ जना क्षेत्रीय प्रतिनिधी रहेका छन सभापतीमा दुबै पक्षबाट एक एक जना उम्मेद्धार रहेका छन भने उपसभापतीमा २ जनामा ६ जनाको उम्मेद्धारी रहेको छ । जसमा शेर बहादुर सिंह, दिल ब. बुढा, गगन जंग बुढा, हरिचन्द्र पाध्याय, सत्य कुमारी रोकाया र पदम ब. बडुवाल रहेका छन ।
सचिवमा २ जनामा ४ जनाले उम्मेद्धारी दिएका छन । उम्मेद्धारी दिनेमा चक्रराज जोशी, बल ब. थापा, दिल ब. थापा र प्रभुराज जोशी रहेका छन ।
सहसचिवमा पनि २ जना हुनुपर्नेमा ४ जनाको उम्मेद्धारी रहेको छ । उम्मेद्धारी दिनेमा अर्जुन नाथ, महेन्द्र रावल, हर्क ब. शाही र बिमल ब. थापा रहेका छन ।
प्रदेश अधिबेशन प्रतिनिधीमा ७ खुला मध्य २३ जनाको उम्मेद्धारी रहेको छ । प्रत्यक्ष प्रदेश अधिबेशन प्रतिनिधीमा ३ जना उम्मेद्धार मध्ये ५ जनाको उम्मेद्धारी रहेको छ । २ जना खस आर्य प्रतिनिधीमा ४ जना रहेका छन । त्यसै गरी दलित खुला प्रतिनिधिमा १ जनामा २ जना रहेका छन । अपाङ्ग, मधेशी, थारु, अल्पसख्यं र मुस्लीम १ जनामा ७ जनाको उम्मेद्धारी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार