बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • १५ वर्षीया बालिकामाथि ९ महिनासम्म सामूहिक बलात्कार, २८ जना पक्राउ

१५ वर्षीया बालिकामाथि ९ महिनासम्म सामूहिक बलात्कार, २८ जना पक्राउ

  • शुक्रबार, अशोज ८, २०७८
१५ वर्षीया बालिकामाथि ९ महिनासम्म सामूहिक बलात्कार, २८ जना पक्राउ

एक किशोरीलाई नौ महिनासम्म बलात्कार गरिएको विषयमा भारतमा प्रहरीले अहिले छानविन गरिरहेको छ । १५ वर्षीया यी किशोरीमाथि बलात्कार गरेको अभियोगमा मुम्बईबाट २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गत जनवरीदेखि यी किशोरीमाथि निरन्तर बलात्कार भइरहेको थियो ।

स्थानीय मिडियाकाअनुसार पहिले यी किशोरीका प्रेमीले उनलाई बलात्कार गरे, उनले भिडियो समेत खिचेका थिए । त्यसपछि त्यही भिडियो देखाएर उनी र उनका साथीहरुले लगातार किशोरीलाई ब्ल्याकमेल गर्दै बलात्कार गरिरहे । मुम्बईका विभिन्न डोम्बीभिली, बदलापुर, मुर्वाद, राबालेलगायत विभिन्न ग्रामिण इलाकामा लगेर उनलाई बलात्कार गरिएको अधिकारीहरुले बताएका छन् ।

बुधबार राती यी किशोरीले अन्ततः प्रहरीमा यस घटनाबारे उजूरी दिएकी थिइन् । यी किशोरीले कुल ३३ जनाले बलात्कार गरेको बताएकी थिइन् । लगभग सबैलाई उनले चिनेकी छिन् । भारतमा सन् २०१२ मा दिल्लीमा एक युवतीको बलात्कार र त्यसपछि हत्या भएको थियो । ‘निर्भया प्रकरण’ नामले यो घटना कुख्यात थियो । यस घटनाले बढाएको जनआक्रोशपछि भारतले यौनजन्य अपराधविरुद्ध कडा सजायको व्यवस्था गरेको छ ।

तर, कानून कडा हुँदाहुँदै पनि गम्भिर बलात्कारका घटनाका कमी आएको देखिँदैन । नेशनल क्राइम रेकर्डस् ब्युरोका अनुसार २०२० मा २८ हजार ४६ वटा बलात्कारका घटना दर्ज भएका थिए, अर्थात् दैनिक ७७ वटा बलात्कारका उजूरी परेका थिए ।

चर्चामा

सम्बन्धित समाचार