
काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ । कार दुर्घटना हुँदा ३ जना बेपत्ता भएको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए ।
गएराति ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका –५ स्थित मुग्लिङभन्दा अढाई किलोमिटर अगाडी काठमाडौं तर्फबाट त्रिशुलीमा खसेको हो ।
