शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बजार
  • बाजुरामा नेपाल क्यान मुभ अनलाइनबाट सामान मगाउनेको सख्यामा बृद्धि

बाजुरामा नेपाल क्यान मुभ अनलाइनबाट सामान मगाउनेको सख्यामा बृद्धि

  • बिहिबार, अशोज ७, २०७८
बाजुरामा नेपाल क्यान मुभ अनलाइनबाट सामान मगाउनेको सख्यामा बृद्धि

जंग रावल — कोरोना महामारी पछि नेपालमा अनलाइन सेवा सुरु गरियो । त्यसको फलस्वरुपमा नेपालमा पनि अनलाइनबाट बिभिन्न सेवा सुरु भए संगै बाजुरामा पनि त्यसको प्रभाव पर्यो ।
कोरोना महामारीका कारण बाजुरामा कस्मेटिक लगायतका सामानहरुको आयातमा अबरोध भयो । दैनिक प्रयोगमा ल्याने कस्मेटीक सामानहरु प्राय बाजुराका बजारमा नपाउने हुदा समस्या भएकाहरुका लागि अनलाइन पसलहरुले सो सेवा संचालनमा ल्याए । प्राय काठमाण्डौ नेपालगंज धनगढी लगायतका ठाउँबाट आफै सामान ल्याथे तर अहिले लकडाउनका कारण कोही कसैले आवत जावत गर्न नपाएकाहरुले अनलाइनबाटै सामान मगाउने गरेको नेपाल क्यान मुभ बाजुरा शाखाका म्यानेजर केशवराज जोशीले बताए ।
पहिले धेरै उपभोक्ताको नजर नपरेको कस्मेटिक लगायतका पसलहरुले दैनिक सबै जसो सामान बिक्री बितरण हुदा कोरोनाको डरले सामाजिक संजालबाटै सामान मगाउनेको सख्यामा उल्लेख्य बृद्धि भएको म्यानेजर जोशीले बताएका छन ।
बाजुरामा अनलाइन डेलिभरीको पशल संचालान भएको एक डेढ महिनामै राम्रो बजार लिएको म्यानेजर जोशीले भने ।
नेपाल क्यान मुभले हातमा सामान अनि पैशा लिने गरेको छ हामी संग १ हजार अनलाइन पशलहरु रहेकोमा नेपालमा ४ सय अनलाइन कम्पनीहरु नेपाल क्यान मुभसंग सहकार्य गरी नेपालभर डेलिभरी गरीरहेको म्यानेजर जोशीले बताए । बाजुराको हकमा साफेँ मार्तडी सडक संचालनमा आउने बित्तिकै अनलाइनबाट सामान मगाउनेहरुको सख्या बढ्ने देखीएको छ उनले भने बाजुरामा अहिले एक दिनमा ८ देखी १० जनाको सामान ’होम डेलिभरी’ गरिरहेको उनको भनाई रहेको छ ।
पसलमा जस्तो पाइन्छ, अनलाइन पसलमा पनि त्यस्तै सामान पाइने होला, किन यहाँ भिड लाग्नु भन्ने सोचेर मैले पनि ६ पटक भन्दा बढि सामान मगाएको मार्तडी स्थित जिपि कम्पुटरका संचालक गंगराज पण्डितले बताए । सामानहरु ल्याउन आफु जान पनि नपर्ने भाडा पनि नलाग्ने घरमै सामान आइपुग्ने भए पछि आफुले धेरै पठक कस्मेटीक तथा इलोक्टनीक्स सामानहरु मगाउने गरेको पण्डितले बताए ।
अनलाइनबाट भाइबर, फेशबुक म्यासेन्जर, ह्वाट्स एपबाट सामानहरु अर्डर गर्न सकिन्छ । डेलिभरीका लागि ग्राहक बस्ने ठाउँ आफ्नो नाम र फोन नम्मर दिएमा घरमै सामान पुग्छ ।
बाजुरामा सडक संचालनको समस्याले अहिले मार्तडी बजारबाट ५ किलोमिटर मात्रै होम डेलिभरी गरेका छौ सडक पुण रुपमा संचालन हुने हो भने बाजुराका सबै ठाउँमा डेलिभरी गर्न सकिने बाजुराका म्यानेजर जोशीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार