शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • मेला हेर्न गएका एमाले अछामका जिल्ला कमिटी सदस्य रावत बेपत्ता

मेला हेर्न गएका एमाले अछामका जिल्ला कमिटी सदस्य रावत बेपत्ता

  • बिहिबार, अशोज ७, २०७८
मेला हेर्न गएका एमाले अछामका जिल्ला कमिटी सदस्य रावत बेपत्ता

अछाममा मेला हेर्न गएका नेकपा एमालेका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका –६ दर्नाका रावत असोज ४ गते रामारोशन गाउँपालिका –७ सुतारमा अनन्ते मेला हेर्न गएका गएका थिए ।

मेला हेर्न गएका रावत सोही दिनदेखि नै बेपत्ता भएका पारिवारिक स्रोतले बताएको समाचारमा उल्लेख गरिएको छ । उनका आफन्त तथा प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ। रावत स्थानीय तहको निर्वाचनमा आफ्नो वडाबाट अध्यक्षका उम्मेद्वार बनेका थिए।

चर्चामा

सम्बन्धित समाचार