शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाख्रा बाँडेको नक्कली फोटो राखेर रकम वितरण

बाख्रा बाँडेको नक्कली फोटो राखेर रकम वितरण

  • बिहिबार, अशोज ७, २०७८
बाख्रा बाँडेको नक्कली फोटो राखेर रकम वितरण

डोटीको दीपायल सिलगढी नगरपालिकाले नक्कली फोटो राखेर रकम निकासा गरेको पाइएको छ। नगरपालिकाले ७ वटा बाख्रा वितरण गरेको भन्दै नक्कली फोटो राखेर ५० हजार भुक्तानी गरेको हो।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३ मा वास्तविक कार्यसम्पादनको आधारमा विलबिजकको भुक्तानी गर्नुपर्ने व्यवस्था छ। तर दीपायल शिलगढी नगरपालिकाले भने बादी सशक्तीकरण कार्यक्रमको नाममा ७ वटा बाख्रा वितरण गरेको नक्कली फोटो राखेर ५० हजार भुक्तानी लेखेको छ। बादी समुदायको बाख्रा खरिद तथा वितरण समितिले बाख्रा वितरणको ‘फोटोसप’बाट इडिट गरी नक्कली फोटो पेश गरेर बाख्रा खरिद र ढुवानी वाफत करकट्टी गरी ४९ हजार २४० रुपैयाँ भुक्तानी लिएको हो।
सार्वजनिक खरिद नियमावली विपरीत नक्कली फोटो पेश गरेर आर्थिक वर्ष २०७६/७७ मै भुक्तानी गरिसकिएको भएपनि अहिलेसम्म कहिकतैबाट कारवाही भने भएको छैन। तर नगरपालिकाकी मेयर मञ्जु मलासीले हुँदै नभएको विषय महालेखा परीक्षकको प्रतिवेदनमा लेखिएको विषयप्रति आफुलाई कुनै जानकारी नभएको दाबी गर्छिन्। ‘नगरपालिकाबाट यस्तो कार्य भएको छैन, वडाबाट भएको भए थाहा भएन’ उनले भनिन्।
महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले भने नगरपालिकाले नक्कली फोटो राखेर बाख्रा वितरणको नाममा भु्क्तानी गरेको विषयलाई तस्वीरसहित उल्लेख गरेको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार