शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • महाधिबेशन प्रतिनिधी शाही जिल्ला सभापतिमा उम्मेदारी दिने

महाधिबेशन प्रतिनिधी शाही जिल्ला सभापतिमा उम्मेदारी दिने

  • मङ्लबार, अशोज ५, २०७८
महाधिबेशन प्रतिनिधी शाही जिल्ला सभापतिमा उम्मेदारी दिने

बाजुरा — नेपाली कांग्रेस महाधिबेसन प्रतिनिधि पदमबहादुर शाही ७ औँ जिल्ला अधिबेसनमा सभापतीको उम्मेद्धारी रहने बताएका छन ।
दुइपटक हार ब्यहोरेका नेता शाहीले ७ औँ जिल्ला अधिबेशनले आफुलाई न्याय गर्ने बताएका छन । यो भन्दा पहिला देबराज जोशी र मान बहादुर रावलसंग जिल्ला सभापति लडेका थिए । शाहीले दुबै पटक ४/४ मतले पराजित भए पनि यस पटकको अधिबेशनमा सबै नेता तथा कार्यक्रताहरुले आफुलाई न्याय गर्नेमा आफु ढुक्क भएको शाहीले बडिमालिका खबरलाई बताए ।
नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधि रहेका पदम बहादुर शाही २०७४ सालको प्रदेश सभाको निर्बाचनमा नेकपा एमालेका उम्मेद्धार प्रकाश शाहसंग पनि हार बेहोरेका हुन ।
कहिले कुन पाटी कहिले कुन पाटी हुदा मतदाताले रुचाउछन त भन्ने प्रश्नमा उनले भने सुर्यमा पनि कहिले ग्रहण लाग्छ कहिले चन्द्रमामा पनि ग्रहण लाग्छ तर पनि म आम बाजुराका नेता तथा कार्यक्रताको मन पर्ने नेता भएकोले आफु यस पटकको अधिबेशनमा सभापती हुने बताए । जनताको सेवामा आफु जहिल्यै पनि जहाँ पनि लागी पर्ने भएकोले सबैले मलाइनै सहयोग गर्ने नेता शाहीले बताए ।
बाजुरामा जति पनि सभापतीको आकाक्षी नेता भए पनि सबै सभापती हुन नसक्ने र हुन सकिदैन नेता तथा कार्यक्रताले जसलाई स्वीकार गर्छन । उही सभापती हुने हो अर्को प्रसंगमा नेता शाहीले भने । यस अघिका बिभिन्न चुनाव हार ब्यहोरेका नेता शाहीले आसन्न चुनावमा जसरी पनि जितीनेमा ढुक्क भएको बताए ।
बिभिन्न समयमा भएको चुनावको हारले पनि आफुलाई धेरै सिकाइ भएकोले अब पार्टी संघ संगठनहरुको सुदृढीकरणमा आफु महत्वपुणर् भुमीकामा रहेको हुने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार