बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • कांग्रेस बाजुराको वडा अधिवेशन भाेली देखी सुरू हुने

कांग्रेस बाजुराको वडा अधिवेशन भाेली देखी सुरू हुने

  • मङ्लबार, अशोज ५, २०७८
कांग्रेस बाजुराको वडा अधिवेशन भाेली देखी  सुरू हुने

बाजुरा — नेपाली कांग्रेस बाजुराको वडा अधिवेशन भाेली देखी सुरू हुने भएकाे छ । बाजुराका ६९ वडामा एकै साथ ६ गते देखी वडा अधिबेशनकाे तयारी रहेकाे नेपाली काग्रेस बाजुराले जनाएकाे छ   ।  क्रियाशील सदस्यताको विवाद नमिल्दा पूर्वनिर्धारित मिति भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन । पछि विवाद मिलेपछि कांग्रेस बाजुरा जिल्ला समितिको बैठकले असोज ६ गते देखी वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गत शुक्रबार गरेको थियो ।  पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर जिल्लालाई पठाइसकेकाले  वडा अधिवेशन गर्ने तयारी रहेकाे नेपाली काग्रेस बाजुराले जनाएकाे  छ ।

यही असोज ६ गतेबाट सुरु हुने वडा,गाउँ/ नगरपालिका,प्रदेश निर्वाचन क्षेत्र र ७ औं जिल्ला अधिवेशनका लागि  जिल्ला निर्वाचन समिति बाजुराले मतदान अधिकृतहरु खटाएको छ ।  जिल्लाका ६९ वडामा एकै पटक हुने अधिवेशनका लागि निर्वाचन समितिले ६९ मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी एक सय ३८ जना निर्वाचनमा खटाएका निर्वाचन अधिृकतले बताएका छन् ।
उनले वडामा मतदान अधिकृत र सहायक अधिकृत गरी एक सय ३८ जना ९ वटै पालिकामा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी १८ जना र प्रदेश निर्वाचन क्षेत्र (क) मा तीन जना र प्रदेश निर्वाचन क्षेत्र (ख) मा तीन जना गरी जिल्लाका वडा,गाउँ÷नगरपालिका र प्रदेश निर्वाचन क्षेत्र गरी एक सय ६२ जना खटाइएको बताए ।

चर्चामा

सम्बन्धित समाचार