शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • साहयक सिडियो भण्डारी अशक्त तथा असाहयलाइ घरमै पुुगेर नागरिकता दिदै

साहयक सिडियो भण्डारी अशक्त तथा असाहयलाइ घरमै पुुगेर नागरिकता दिदै

  • आइतवार, अशोज ३, २०७८
साहयक सिडियो भण्डारी अशक्त तथा असाहयलाइ घरमै पुुगेर नागरिकता दिदै

बाजुरा — जिल्ला प्रशासन कार्यलय बाजुराले सदरमुकाम मार्तडीमा नागरिकता बनाउन पुुग्न नसक्ने अशक्तलाई घरमै पुुगेर नागरिता प्रदान गरिरहेको छ । संविधान दिवसको अवसर पारेर बुढीगंगा १० की २० वर्षिया वालिका सिता जैशीलाइ घरमै पुुगेर नागरिकता दिएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
नागरिकता बनाउनका लागि सदरमुकाम मार्तडीमा ल्याउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै घरमै पुुगेर नागरितका दिएको साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताएका छन् । सिता क वर्गको अपांगता भएका समुहमा पर्छन् । घर बाट सदरमुकाम मार्तडी बोकेर ल्याउन समस्या थियो, अर्को बर्षातले सडक अबरोध छ, परिवारले मार्तडी ल्याउन नसकेपछि घरमै गएर नागरिकता प्रदान गरेको भण्डारीले वताएका छन् ।
घरमै पुुगेर नागरितका पाउदा सिता निकै खुशि भएकि छन्, साथै उनका परिवार खुशी भएका छन् । मार्तडी बोकेर लिन निकै समस्या रहदै आएको थियो, साहयक सिडियो घरमै पुुगेर नागरिकता पाउदा निकै खुशी भएको बुवा मेघराज जैशीले वताएका छन् । पछिल्लो समयमा साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीको टोली सदरमुकाम मार्तडीमा नागरिकता लिन नआउने अशक्तलाई घरमै पुुगेर नागिरता प्रदान गरिरहेका छन् ।
केही दिन पहिला मात्र त्रिबेणी नगरपालिका -४ का ४१ वर्षीया टेक साउँदलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरिएको छ । अपांगता भएका साउँदलाई सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले घरमै पुगेर नागरिकताको प्रमाण पत्र वितरण गरेका हुन् । अपांगता भएका टेक साउँद हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
अपांगता भएका छोरालाई घरमै सहायक सिडीयो पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुशी लागेको टेक साउँदका बुबा धनजीते साउँदले बताए । उनले भने सानै देखि पारिवारिक समस्यका कारण कामको सिलसिलामा छोरो भारत गएको थियो पहिलो भेरिएन्टको कोरोना महामरीको कारण छोरा घर आएको हो । पहिला भारतमै बढी जाने भएकोले नागरिकता बनाउन पाएन ।
साउँद अशक्त भएर घर बाहिर निष्कने अवस्था नभएको र यातायात बढी पहिरोका कारण बन्दले गर्दा बोकेर जिल्ला सदरमुकाम मार्तडी ल्याउन नसकीने अवस्था रहेकाले आफु नागरिता लिएर अशक्त साउदको घरमै पुगेर नागरिकता दिएको साहयक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए ।

बाजुरामा शारिरिक रुपमा अशक्त नागरिकको घरमै पुुगेर नागरिकता बितरण
कर्मचारीको जनातका सेवक हुन यती दुखी पिडितको समस्या बुुझेर सेवा गर्न पनि सेवा गर्नु आफ्रनो जिम्मेबारी रहेको भण्डारीले बताए । अशक्तलाई बोकेर ल्याउ भन्दा आफै समय मिलाए सम्बन्धित ब्यक्तिलाई दिदा समस्यको समधान सही तरीकाले हुने आफुलाई लागेको भण्डारीले बताए ।
भण्डारी जिल्ला प्रशासन कार्यलयमा नागरिकतामा सहि तथा सेवाग्राहीको काम मात्र गर्दैनन्, उनि थोरै समय भएपनि चेतनामूलक सन्देश दिने गरेका छन् ।
साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी जिल्ला प्रशासन कार्यलय बाजुरामा आएको ९ महिना भएको छ । भण्डारी भन्छन्, २ बर्ष भइसक्यो उनले २ हजार भन्दा बढिलाई सेवाग्राहिलाइ सन्देश दिएको वताए । कोही न कोही त मनन गर्न सक्छन्, हाम्रो सुझाबले मान्छे परिवर्तन नै हुन्छ भने हामीले किन थोरै समय नखर्चने त भण्डारीले थपे ।
भण्डारीले शाखा अधिकृतमा जाखिर गरेको ६ बर्ष पुग्न लागेको छ । भण्डारीलाई चिन्नेले भन्छन्, शालिन र भद्र अधिकृत रहेको वताँउछन् । धेरै अधिकृत तथा कार्यलय प्रमुख बाजुरामा राजनिति वा कुनै न कुनै तवरले विवादित हुन्छन् । भण्डारी भने अहिले सम्म कुनै बिवादमा मुछिएका छैनन्, जनताको सेवा खटिरहेन एक प्रशासक रहेको नागरिक अगुवा शेर बहादुर शाहिले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार