हाम्रो देश जस्तो शुन्दर कत्ति यो प्रवाश छैन,
यहाँ त त्यो पुरुङ्ग छेडाको जस्तै बतास छैन।
छनलाई छन गगन चुम्ने सिसाका महलहरु,
त्यो भित्र बस्ने मानिशमा कत्ति मिठास छैन।
देख्दा झकमक हुन्छ रातोदिन एकैनास को,
तरपनि मलाई त मेरो गाउँ जस्तो खाश छैन।
हुन्छन मजदुरकै पसिना लुटेर प्राण धान्नेहरु,
गरिबहरुको लागि याहाँ पनि बास गाश छैन।
कसरी शंघर्ष गरेर बसेकाछौँ मजदुर पर्वाशी,
न्याय र निसाबमा ज्ञारन्टी कुनै निकास छैन।
बस्ने कत्ति छैन मन तरपनि अर्काको देशमा,
कसरी फरक्यौँ स्वदेश भित्र भाडा पास छैन।
सुरेशकुमार पान्डे।