शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • कसलाई जिल्ला सभापतिमा सार्छन त देबराज जोशी ?

कसलाई जिल्ला सभापतिमा सार्छन त देबराज जोशी ?

  • शनिबार, अशोज २, २०७८
कसलाई जिल्ला सभापतिमा सार्छन त देबराज जोशी ?

बाजुरा — नेपाली काँग्रेस बाजुराको सातौ जिल्ला अधिबेशन आइरहदा बाजुरामा जिल्ला सभापति को हुने भन्नेमा चर्चा शुरु भएको छ । जिल्ला सभापतिका लागि उम्मेद्धवारी घोषणा गरेर प्रचारप्रसारमा दौडिरहेका छन् ।
जिल्ला सभापतिमा अहिलेका सभापति कबिराज पण्डित, राम सिं रावल, धनराज पण्डित, महा नेपाली, चक्र शाहले घोषणा गरिसकेका छन् । उम्मेद्धवार घोषणा गर्नेमा धेरै देउवा पक्षधर अर्थात देबराज जोशीको लाइनका रहेका छन् । राम सिं रावल बाहेक देउवा पक्षका रुपमा चिनिदै आएका छन् ।
चक्र शाहलाई मध्यमार्गी भनेता पनि अहिले सम्म पनि उनि देबराज जोशीको पक्षधरका रुपमा चिनिरहेका छन् । बाजुराको काँग्रेस राजनितिममा देबराज जोशी मुख्य निर्णायक भुमिका रहदै आएका छन् । जोशीले जसलाइ सभापतिमा सहयोग गरयो, उहि हुने सम्भाबनमा पाईन्छ । त्यसैमा जनक गिरीको साथ रहेमा नेतृत्वमा पाउने सम्भाबना बढी हुने गरेको छ । छटौ जिल्ला अधिबेशनमा सभापतिको उम्मेद्धवारी चुनावमा आन्तरीक रुपमा देबराज जोशी र जनक गिरी एक ठाँउमा आएका थिए ।
देउवा पक्षको बाजुराको सबै भन्दा बलियो बिश्वाशिलो पात्र देबराज जोशी नै हुन् । जिल्ला सभापतिमा देउवा पक्षधर धेरै उम्मेद्धवारी भएपछि देबराज जोशीलाई कसलाइ अगाडि सार्ने भन्ने निकै संकट पर्ने देखिन्छ । कम बोल्ने तर बोलिसकेको कार्यनवयन तिर लिने जोशीको बानि र स्वभाबले पनि अहिले सम्म उनले कसलाई समर्थन गर्ने हुन्, आकलन गर्ने सकिरहेका छैनन् । उनि कसैलाई सहजजै आश्वासन दिदैन्न दिएपछि नेतृत्वमा ल्याउनमा लागि पर्छन् ।
देबराज जोशीले छैटौँ अधिबेशनमा कबिराज पण्डितलाई सारेका कारणले जिल्ला सभापति हुदै संघिय सांसदको टिकट पाएका थिए । अहिले पनि काँग्रेस भित्र देउवा शक्ति नै बलियो रहेको छ । देबराज जोशीले एकजना उम्मेद्धवार पनि बनाउन नसकेमा राम सिं रावललाई प्रत्यक्ष फाइदा पुुग्ने देखिन्छ । राम सिं रावललाईै पनि खुलेर जनक गिरीको साथ अहिले सम्म भएको देखिदैन् । केन्द्रिय सदस्य बद्रि पाण्डे सह महामन्त्रि लड्ने मनस्थितिमा छन्, त्यो हुदा उनलाई पनि जिल्लाको नेतृत्व छनोटमा समस्या देखिने गरेको छ । उनले पनि देबराज जोशी, जनक गिरी लगायतको नेताको सल्लाह साथ सहयोग बाहिर जान नसक्ने अबस्था देखिन्छ ।
शुरु शूरुमा कबिराज पण्डितलाई केन्द्रिय सदस्य लडने धेरैले आकंलन गरिरहेका थिए । केही दिन पहिला मात्र उनले पत्रकार सम्मेलन मार्फत आफु फेरि सभापतिमा लड्ने भनेका थिए । महा नेपाली, धनराज पण्डितले मिडिया मार्फत पाटि सभापतिको उम्मेद्धवारी घोषणा गरेका थिए । चक्र शाहले पाटि भित्र जिल्ला तहका शिर्ष नेता सँगको आन्तरीक सल्लाह अनुसार पत्रकार सम्मेलन मार्फत उम्मेद्धवारी घोषणा गरेको बुझिएको छ । चक्र शाहले सहमतिको बाधक नभएको तर चुनाव भए आफु पनि लडने वताएका छन् ।
देबराज जोशी अहिले सम्म कसलाई सभापतिमा सार्ने भन्ने खुलेका पनि छैन्न । केहीले उनलाई सभापति हुन सक्ने आकंलन गरेको भएपनि उनले बडिमालिका खबर सँग आफु भने सभापति नहुने वताएका छन् । जोशीले भने उम्मेद्धवारी कसले घोषणा गरयो, त्यो फरक बिषय हो, आफुसँग कसैले सल्लाह गरेका छैनन्, टिमले जो निणर्य गर्छ, त्यहि उम्मेद्धवार रहेन वताए ।

चर्चामा

सम्बन्धित समाचार