शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • भालुको आक्रमणबाट घाइते कौशिल्लाकाे उपचार

भालुको आक्रमणबाट घाइते कौशिल्लाकाे उपचार

  • बिहिबार, भदौ ३१, २०७८
भालुको आक्रमणबाट घाइते कौशिल्लाकाे उपचार

निराजन सिंह –भालुको आक्रमणबाट घाइते बाजुराको बुढिगंगा नगरपालिका ९ बस्ने २१ बर्षिय कौशिल्ला नेपालीको शिक्षण अस्पताल काठमाडौमा उपचार भइरहेको छ । उनि आर्थिक अभाबमा अलपत्र बयलगडा अस्पतालमा अलपत्र परेको समचार बडिमालिका खबर, दि हिमालयन टाइम्स लगायत प्रकाशित पछि उनको उपचार भएको हो ।
समचार प्रकाशित पछि सामाजिक संस्था नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान ले शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । कौशिल्लालाई अछामको साँफे बगर बाट हवाइजहाजमा काठमाडौ लगिएको थियो । संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले भने कौशिल्ला अलपत्र परेको समचार प्रकाशित पछि उपचारमा पहल तथा समन्वय गरेर उपचार गरिरहेको वताए ।
कौशिल्लाको स्वास्थ्य निकै सुुधार भइरहेको चिकित्सकले वताएका छन् । नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले बिभिन्न ब्यक्ति तथा संस्था सँगको सहयोग तथा सहकार्यमा उपचार गरिरहेको छ । उनको उपचारका लागि शान्ति सेवा गृह काठमाडौले २ सय युरो, अष्ट्रलिया बाट अन्जु पण्डितले ५ हजार, दाबा शेर्पाले ७ हजार, अमृत ढुुङ्गानाले १० हजार सहयोग गरेका थिए । त्यस्तै कौशिल्लाको उपचारमा अन्यले आर्थिक सहयोग गरेका थिए ।साई नाङ्गलो फार्मेसी काठमाडौले औषधि सहयोग गरेको थियो ।
घाइते युवतीकी आमा दिला नेपालीले भनिन् उपचारका लागि अछामको बयलगडा अस्पताल लगेका थियौ । अस्पतालले अप्रेसन गर्नुपर्ने नेपालगञ्ज तथा काठमाडौ थप उपचारका लागि लग्नुपर्ने बताए पनि पैशा नहुदा अलपत्र रहेकी थिई, अहिले संस्थाको सहयोगले काठमाडौमा उपचार भइरहेको दिलाले वताईन् ।
अस्पतालले थप उपचारका लागि नेपालगञ्ज तथा काठमाडौ लग्नु भनेको छ, बिरामीका आफन्त सँगै जाने भाडा समेत नभएको स्थानिय भुप्रेन्द्र नेपालीले वताएका थिए । कौशिल्लाका बुवा पिल्ठे नेपालीको धेरै बर्ष पहिला मृत्यु भइसकेको छ । उनको शाहारामा आमा मात्र रहेकि छन् । आर्थिक अबस्थामा निकै परिवार रहेको छ ।
भदौ १७ गते बिहिबार दिउसो ४ बजेतिर गाउँनजिकै जंगलमा गोरु चरारहेको बेला भालुको आक्रमण बाट घाइते भएकि थिइन् । घाईते युवतीको टाउको, मुख र घाटीमा गम्भिर चोट लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार