बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश ७
  • महेन्द्रनगरबाट बझाङ्गका लागी छुटेको बसमा ढुङ्गा खस्दा एक जनाको मुत्यु, ३ घाईते

महेन्द्रनगरबाट बझाङ्गका लागी छुटेको बसमा ढुङ्गा खस्दा एक जनाको मुत्यु, ३ घाईते

  • मङ्लबार, भदौ २९, २०७८
महेन्द्रनगरबाट बझाङ्गका लागी छुटेको बसमा ढुङ्गा खस्दा एक जनाको मुत्यु, ३ घाईते

अर्थ जङ्ग शाही– महेन्द्रनगरबाट छुटेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बझाङका एक जनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सु.प.प्र ०२ ००१ ख ११५६ नम्बरको बसमा बैतडीको पाटन नगरपालिका ८ रौलेकमा माथिबाट ढुङगा खस्दा बझाङको थलरा गाउँपालिकाका १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का हरिप्रसाद जोशी र सोही ठाउँका नवराज खड्का ,कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ ओम शान्ती टोलका माधव भट्ट, घाइते भएका हुन् ।

उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। कार्यालयका अनुसार माथिबाट खसेको ढुङगा बसभित्रै पसेको थियो।

चर्चामा

सम्बन्धित समाचार