शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • एक जना वडा अध्यक्ष र सदस्यले पनि साथ नदिए पछि अल्पमतमा स्वामीकार्तिकका अध्यक्ष शाही अल्पमतमा

एक जना वडा अध्यक्ष र सदस्यले पनि साथ नदिए पछि अल्पमतमा स्वामीकार्तिकका अध्यक्ष शाही अल्पमतमा

  • आइतवार, भदौ २७, २०७८
एक जना वडा अध्यक्ष र सदस्यले पनि साथ नदिए पछि अल्पमतमा स्वामीकार्तिकका अध्यक्ष शाही अल्पमतमा

बाजुरा — बाजुरा जिल्लाको सबै भन्दाकम ५ओटा वडा रहेको स्वामीकार्तिक खापर गाउपालिकामा ३ वडामा एमालेका अध्यक्ष निर्बाचित छन् । गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष पनि एमालेबाट निर्बाचित भएका थिए । गाउपालिकामा एमालेको गाउ कार्यपालिकामा समेत बहुमत रहेको छ ।
माधब नेपालले नयाँ पार्टी दर्ता गरेसंगै बाजुराका ५जना जनप्रतिनिधिले एकिकृत्त समाजबादी पार्टी रोजेका छन् । तीमध्ये स्वामीकार्तिक खापर गाउपालिकाका अध्यक्ष चिरन्जीबी शाही र उपाध्यक्ष मिमा बुढाले नेकपा एकिकृत्त समाजबादी पार्टी रोजेका छन् ।
गाउपालिकाका अध्यक्ष शाही र उपाध्यक्ष बुढा बाहेक अन्य एमालेबाट निर्बाचित वडा अध्यक्ष, वडा सदस्य र गाउकार्यपालिका सदस्यहरु सबै एमालेमा रहेपछि गाउपालिकामा अध्यक्ष शाही र उपाध्यक्ष बुढा अल्पमतमा परेका छन् । स्वामीकार्तिक खापर गाउँपालिका १ मा एमालेबाट वडा अध्यक्ष जनकबहादुर रोकाया सहित ४ जना वडा सदस्य एमालेमै रहेका छन् । वडान म्बर ३ मा वडा अध्यक्ष बीरजीत कटेल लगाएत ४ वडा सदस्य एमालेका छन् ।
त्यसै गरि वडा नम्बर ४ मा वडा अध्यक्ष बाहेक अरु सबै ४ जना वडा सदस्यहरु एमालेकै छन् । र वडा नम्बर ५ मा वडा अध्यक्ष बिस्नुबहादुर शाही सहित ४ जना वडा सदस्यहरु एमाले बाटै निबार्चित छन् ।
स्वामीकार्तिक खापर गाउकार्यपालिका जम्मा १३ जना रहेको छन । जसमा एमालेका ९ जना नेपाली काँग्रेशका २ जना र एकिृत्त समाजबादीमा २ जना रहेको छन् । गाउपालिकामा एमालेबाट २७ जना निर्बाचित मध्ये २ जनाले नेकपा एकिकृत्त र बाकी सबै एमालेमै रहेका छन् ।
अध्यक्ष र उपाध्यक्षले एकात्मक निणर्य गरे पछि गाउपालिकाका एमालेबाट निर्बाचित सबै वडा अध्यक्ष, सदस्य र गाउकार्यपालिका सदस्यले मानि हाल्छन् भन्ने सोच्नु भयो, तर हामी पार्टीले बनाएका जनप्रतिनीधि हौँ,  एक वडा अध्यक्षले भने।
आज सम्म अध्यक्ष उपाध्यक्षकाे निणर्यमा हामीले साथ दियौ । तर पार्टी नै परिवर्तन गर्ने कुरामा आफूहरुलाई सैय नभएको उनले बताए ।
एमालेबाट निर्बाचित २७ जना जनप्रतिनिधि मध्ये २ जनाले मात्र समाजबादी रोजपछि अध्यक्ष र उपाध्यक्ष गाउकार्यपालिकामा अल्पमतमा परेका छन् । गाउपालिकामा २ नम्बर वडा पूरै र ४ नम्बर वडा अध्यक्ष नेपाली काँग्रेशले जितेको छ ।

चर्चामा

सम्बन्धित समाचार