• होमपेज
  • कला /साहित्य
  • समय यस्तो पनि आउँछ!लघुकथा!

समय यस्तो पनि आउँछ!लघुकथा!

  • बुधबार, भदौ २३, २०७८
समय यस्तो पनि आउँछ!लघुकथा!

सुरेशकुमार पान्डे — म भर्खर खाना खान बसेको थिएं घरको अगाडि पोलिसको जीप आएर अड्डिन्छ।(गोल गप्पा)पानी पुरी को रेडा लगाउँने वालाको आईमाईले घर भित्र प्रवेश गरेका पोलिसका जवानलाई मेरो क्वाटरमा पुराई दिन्छिन।
प्रधान जी बाहिर आईज भन्दै पोलिस मेरो कोठा खटखटाउँछ।
त्यो एउटा ठुलो धेरै कोठा भएको घर हो त्यसमा हामी त्यतिबेला करिब सात आठ परिवारहरु किरायमा बसेका थ्यौँ।पोलिस घरमा पुग्दा यता उता छिमेकीहरुले पनि मतिर कस्ता-कस्ता सोंच बिचारले नियाल्दै थिए त्यो बताउँन गारैछ।म आफैलाई पनि मैले गरेको रैछुँ?कसुर केहो त्यो थाहाछैन।सर किन हो र?मैले आश्चार्य प्रकट गरें।केही होईन एउटा केटालाई हामिले छोपेकाछम त्यसले तँ पनि हो भनेकोछ एक पटक हामि सँग ठानामा हिंड भन्यो।मेरा स-साना बच्चाहरुले मेरो मुक ताकेको देखेर मलाई झनै उल्झनमा पुरायो।हुन त संगठनमा काम गर्नेहरु लाई ठाना कोट कचेरी धाउँनु बानिनै परेको हुन्छ।अहिलेको मुद्धा अलि नबुझ्ने खालेथियो।
म खान छाडेरै पोलिस सँग बाहिर निस्केँ करिब नौ बजेको थियो होला समय ठ्याक्कै भन्न सकिन।रातिको डिनरको समयनैहो।मैले छिट्टै फर्किन्छु भनेर घरबाट निस्किएं बाहिर जाँदा जीपमा एउटा केटालाई छोपेर जीपमा बसालेका रैछन।यसलाई चिन्छस?भनेर पोलिसवालाले मंँ सँग सोधेको थियो म बोल्नु भन्दा पहिले नै त्यो केटाले हँ- हँ साहिब यहि हो वह ब्याक्ति भन्दै यिसारा गय्रो।के भयो र भाई ?त्यो केटालाई गम्भिर देखेर मैले सोधें!केहि होईन अब कुरा ठानामा हुन्छन बस भनेर मलाई पनि पोलिसले जीपमा बस्न ईसारा गय्रो।
अलि बेर पछि हामि सिटी ठानामा पुगिम त्यो बेला सिटि ठाना निर्माण हुँदै थियो त्यसकारणले उनिहरुले एउटा पुरानो धर्मशाला लाई ठाना बनाएकाथिए।
त्यँहा एउटा आर्को नेपालीलाई छोपेर राखेको थियो।उनि एउटा कम्पनिमा काम गर्थे मैले चीनेको मात्रै होईन हामी त्यो बेला एउटै कमिटिमा कार्यरत थियौँ।
उन्को घर पाल्पा हो,उन्लाई भेटे पछि के माजरा हो भन्नेबारे जिज्ञासा उनै सँग राखें।के भनौ सर फसायो मुर्दारले!भन्दै कहानि सुनाउँन थाले।
उन्को गाउँको एउटा केटाले कसैको महिलालाई भगाएर लगेको कुरा बुझियो।अनि जो केटालाई पोलिसले छोपेको थियो ति दुबैजनाले एउटै गेष्टहाउसमा काम गर्थे।तर बेग्ला बेग्लै जील्लाका एक आर्काको घर पनि थाहा नभयको।त्यँहि गेस्ट हाउसमा सफाई गर्न आउँने सफाई कर्मचारी हरिजनको श्रीमतिलाई लिएर भागेको रैछ।अब पय्रो फसाद।कसैको पनि आफ्नो नातेदार त होईन तर नेपाली भयको नाताले हामि सबै लपेटामा आउँनु पय्रो।
त्यँहा म अखबार त्यो बेलाको विस्वानेपाली साप्ताहिक पत्रिकाको ग्राहा बनाएर पत्रिका पुराउँने म आफैले गर्थे।
त्यो साईनाले त्यो भाईले मलाई पोलेको रैछ।
उता बाट हरिजनहरु महिला पुरुष जम्मा भयर एउटा महोल्लानै ठानामा आएकाछन।ओमलाई कसैले पछाडि बाट ढेकल्छन कसैले यसलाई पिट्नुपर्छ भन्छन।त्यँहा पोलिसवाला सँगै नभयको भए मार्थेहोलान।
अब रात्रि बाह्र बजि सक्यो ठानामा ओमलाई राखेको छ उन्लाई त छोड्दै छोड्दैन छोडे पछि त्यो पब्लिकले थिँचेर मार्छन जस्तो गर्छन। मलाई बिहानै आउँन निर्देश दिँदै अहिलेलाई छोड्यो।त्यो केटालाई पनि त्यही राख्यौ।म रात्रि एक बजे तिर घर पुँगे।भोलि पल्ट बिहानै फेरी त्यो ठानामा पुगें अलि बेरका त्यँहा पोलिसको आफिसरहरु आए हरिजनका केही गणमान्यहरुलाई मात्र बोलाएर अब सल्हा गर्दा उनिहरुले हाम्रो परिवारलाई फिर्ता बोलाओ भन्छन काफि छलफल पछि ओमलाई पोलिस सँग पाल्पा पठाउँने भएपछि कुरा मिल्यो।उन्ले पनि आफु त्यँहा जान कुनै समस्या नभयको भन्दै राजि भयपछि सम्झौता भयो।हरिजनका केहि आफन्ति पोलिस लगायत ओमहरु पाल्पाको लागि रवाना हुने र ओमले पोलिसलाई लगेर त्यो महिलालाई पाल्पा बाट फिर्ता ल्याउँने जिम्मा लिए पछि अरुलाई त छाड्यो तर सहर छाडेर नजान भन्यो।
समय बित्दै गयो ओमलाई पोलिस सँग पाल्पा पठाएर त्यो महिला लाई फिर्ता बोलाईयो।त्यँहा गएपछि त्यहि महिला मात्रैलाई ल्याए त्यो केटालाई त्यो बेला सबै मिलेर जोगाउँन सफल पनि भएर जोगाएछन।कतै भाग्यो भन्नेपारेर।
त्यो महिलालाई ल्यायपछि बल्ल अरुलाई छाड्यो।यस्तो पनि कुनै बेला आई परेको हुन्छ कहिले काँही।

चर्चामा

सम्बन्धित समाचार