• होमपेज
  • बाजुरा बिशेष
  • अखिल क्रान्तिकारी बाजुराकाे ८औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा खेमराज साउँद

अखिल क्रान्तिकारी बाजुराकाे ८औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा खेमराज साउँद

  • बुधबार, भदौ २३, २०७८
अखिल क्रान्तिकारी बाजुराकाे ८औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा खेमराज साउँद

बाजुरा — नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाजुराकाे ८औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारीकाे सम्मेलनवाट अखिल (क्रान्तिकारी) बाजुराकाे  अध्यक्षमा खेमराज साउद चयन भएका छन।

सम्मेलनवाट उपाध्यक्ष- पदम रावत, उपाध्यक्ष- शुशिला शाहि, उपाध्यक्ष- छक्कलाल थापा, सचिव- बलमान धामी, सहसचिव- नबराज बुढा, सहसचिव-मोहन बडुवाल, सहसचिव- अर्जुन सुनार, सहसचिव- भुवन रावल र कोषाध्यक्ष- सुनिता भण्डारी लगायत ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको अखिल (क्रान्तिकारी) बाजुराका इन्चार्ज गाेकुल बिसीले जानकारी दिएका छन ।

सदरमुकाम मार्तडीकाे अपि हाेटलकाे हलमा सम्पन्न सम्मेलनकाे प्रमख अतिथि अखिल क्रान्तीकारीका केन्द्रीय उपाध्यक्ष दिपेश पुन रहेका थिए ।  सम्मेलनमा  पारस बुढाकाे अध्यक्षतामा संचालन गरिएकाे थियाे भने कार्यक्रमकाे संचालन नर बहादुर बुढाले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार