शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एकिकृत समाजबादी पार्टि बाजुराको पहिलो बिस्तारीत बैठक सम्पन्न, यस्ता छन निर्णय

नेकपा एकिकृत समाजबादी पार्टि बाजुराको पहिलो बिस्तारीत बैठक सम्पन्न, यस्ता छन निर्णय

  • मङ्लबार, भदौ २२, २०७८
नेकपा एकिकृत समाजबादी पार्टि बाजुराको पहिलो बिस्तारीत बैठक सम्पन्न, यस्ता छन निर्णय

बाजुरा — नेकपा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि बाजुराको पहिलो बिस्तारीत बैठक सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मार्तडीको अपि होटलमा सोमबार देखी संचालन भएको बैठकले बिभिन्न निणर्य गरी पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हो । पार्टीको पहिलो बिस्तारीत बैठकको पत्रकार सम्मलेन गर्दै बैठकले गरेका निणर्यहरु सार्बजनिक गरेको पार्टीका प्रचार बिभाग प्रमुख प्रेम बिकले बताएका छन ।

No description available.

नेकपा एमाले फुट पछि माधव कुमार नेपालले नया दल दर्ता पछि पहिलो बैठकको आयोजना गरीएको र पहिलो बैठकले नेकपा बिभाजन पछिको समानान्तर कमिटिलाई पुणर्ता दिएर कायम गरिएको पार्टीका अध्यक्ष गगन रावलले बताएका छन ।
नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष गगन रावलको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेकपा एकिकृत समाजबादी पार्टीका केन्द्रीय प्रतिनिधी हिक्मत शाही रहेका थिए । प्रचार बिभाग प्रमुख प्रेम बिकले संचालन गरेको बैठकमा युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाही केन्द्रीय सह सचिव धर्म शाही लगायतका नेताहरु बिषिष्ठ अतिथि रहेका थिए
बिस्तारित बैठकमा बिबिध बिषयमा छलफल गर्दा नगर र गाउँ हुदै वडा सम्मका कमिटिहरु गठन गर्ने, जिल्ला कमिटिलाइ चलायमान बनाउन २७ सदस्यीय सचिवालय गठन गरिएको पत्रकार सम्मेलन मार्फत अध्यक्ष रावलले बताएका छन । अझै केही सदस्य जिल्ला कमिटिमा मनोनित गर्नुपर्ने भएकोले सचिव पुर बहादुर रावतको संयोजकत्वमा समिति गठन गरि मनोनित गर्ने निणर्य समेत गरेको अध्यक्ष रावलले बताएका छन । त्यसै गरी पार्टीलाई चलायमान ससक्त रुपमा अगाडी बढाउन बिभिन्न बिभागहरु समेत गठन गरीएको अध्यक्ष रावलले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार