बिरु-दिनभरीको भागदौडले लखतरान परेर क्वाटरमा पुगेपछि एउटा चारपाईमा थचक्कै बस्छ।एक त प्रवाशि जीवन आर्काको काम नगरि नहुँने उस्तै सामाजको पनि स्थानिय नेता पनि भएकोले कामको बोज थपिएको थियो।
आज डिप्टि बाट सिदै एउटा केस मिलाउँन भनेर गएको त्यो केस मिलाउँन अलि अपठ्यारो थियो जन तन सेतेको सहयोगमा केस त मिल्यो अलि बेर सम्म खुबै दिमाख खायो मोराले!भन्दै आफ्ना बाटै गनगन गर्दै थियो।
मोवेलको घण्टी बज्छ-हैलो!हेलो..को बोल्नु भयो? म बोले खुर्पे चिन्नु भैन?आउँनुस त छिट्टै यहाँ कामछ!फोन काट्दिन्छ!यो अधुरो कुराले बिरुलाई अलि अच्ममै गराएको थियो।फेरी फोन मिलाउँदा स्युच आफ भन्छ!छ्या.के गरौँ!भन्दै चारपाई बाट उठेर ठिङ्ग उभिन्छ एकछिन,एक पल्ट फेरी फोन मिलायो तर स्युच आफ भन्छ।
एक तिर थकाई लागेको अहिले खुर्पेको ब्यबहारले रिस पनि उठायो।जेहास कुनै मुस्किलमा हुन सक्छ भन्ने ठानेर बिरु साईकल डोराउँदै खुर्पेको घर तिर लाग्छ।
खुर्पे अलि रकमि टाईपको मान्छे थियो उस्ले ठेक्का बट्टा गर्थ्यो।कहिले कसो काम आयो भने बिरुलाई पनि बोलाउँथ्यो।बिरुको एउटा कम्पनिमा चौकिदारी काम थियो त्यो पनि रातिको खालि भयको बेलामा दुईचार सौ कमाई गरे के नराम्रो भयोर आखिर मिहेनत गरेरखाने त हो भन्ने सोचेर खुर्पे लाई कहिले कसो मलाई पनि काममा लैजानुहोश भनेको थियो।तर सेते हरुले भने संगठनका जिम्मेवार साथिले अरु पारटाईमका काम नगरेर संगठनलाई समय दिने भन्थे।उनिहरुले आफैपनि पार्टाईमका काम गर्दैनथे।
स्वागत छ स्वागतछ आउँनुस बिरु जी भन्दै खुर्पेले अंगालोमा हाल्छ।खुर्पेको ब्यबहारले यति बेर रिसाएको बिरुको रिसपनि मर्छ।नजिकैको कुर्चिमा बस्न ईसारा गर्दै आफु पनि बस्छ।भित्र बाट एउटी महिलाले चिया ल्याउँछिन ति खुर्पेको आफ्नै मान्छे हुनुपर्छ तर श्रमती त होईनन् कुनै अन्य नातेदार होलिन!बिरुले लख काट्छ।चिया पिउँदै गफ गर्छन अब बोलाउँने कारण तिर जाम कि भाई बिरुले भन्छ!यह म त बिर्सिएको,मैले हजूरलाई बोलाएको एउटा स्किम सोधनलाई हो!त्यो के भने हामि सदैभरी परदेशमा त बस्ने होईन घरपनि जानुपर्ला हगि तराईमा मैले एक ठाउँ सस्तो जमिन देखेकोछुँ त्यो किनौ र प्लाटिङ्ग गरेर हामि धेरै मुनाफा हासिल गर्न सक्छौँ!कसोहोला मेरो इस्किम?खुर्पेले भन्छ।
उ धेरै चत्तुर थियो तर बिरुलाई त्यति ज्ञान पनि थिएन।खै काम त राम्रो लाग्यो तर म त सक्दिन यस्तो खेलो गर्न भन्दै बिरुले आफ्नो असमर्थ जनाउँछ।
किन सक्नु हुँदैन?धन पनि त्यति लाग्दैन मात्रै दुईलाख जम्मा गर्नुस बाँकि म लगाउँछु।दुईलाखमा करिब दश लाखको जमिन पाईन्छ हजूरलाई यति राम्रो स्किम हातबाट निस्क्यो भने पछुतो होला!भन्दै सम्झाउँछ।त्यो त ठिक भन्नु भयो तर यसबारेमा संगठन संग राय लिनुपर्छ की?कस्तो कुरागर्नु हुन्छ यार हजूरले मँ संगठनको होईनर? भन्दै नभन्नुस कसै सँग हेर्नुस यो मुलाराम संगठनको होईन?यो फुर्शे संगठनको होईन भन्दै कयौँका नामको लिष्ट देखाउँछ।बन्ने भय धेरै प्रचार बाजि नगरेर पैसा जम्मा गराउँनु पर्शि सम्म नत्र मेम्बर धेरै हुन्छन।मैले त हजूर मेरो खास मान्छे भनेर नाम लेखि भ्यायको थिएँ।बिरुको कुरा बिचमै काटेर खुर्पेले भन्छ।उस्का कुरा सुनेपछि बिरुले नाई भन्न सक्दैन र दुईलाख दिनलाई राज हुन्छ।खुर्पेको ठाट बाट देखेर अचम्मै लाग्थ्यो राम्रो ब्यबस्था थियो उस्को।
बिरु संगठनको एकदम सक्रिय र ईमान्दार मध्यको ब्याक्तिहो।तर निम्न पुँजिवादी चिन्तनले गर्दा त्यो पनि ठिकै त हो केहि पलाट भए पछि काम आउँछ भन्नेमा पुग्छ।खुर्पे पहिले देखिनै ठेक्का बट्टामा सलंगन थियो तर सामन्य काम ठेक्का लिने गर्दथ्यो।उस्ले रंगरोगन गर्ने देखि बेटर पार्टी को काम समेतको ठेक्का लिनथ्यो।केहि बर्ष बाट बिरुलेनै उस्लाई संगठित गरेको हो।चन्दा पनि खुबै दिन्थ्यो कुनै पाहुना माथिल्ला समिति बाट आए भने उसैले ब्यबस्था मिलाउँथ्यो।स्थानिय संगठनमा खुबै काम गरेको गफपनि लगाउँथ्यो।कहिले कसो आउने नेताहरुले त उस्को तारिफनै गर्ने गर्थे।चिल्ला चिल्ला कुरा गर्ने उस्को चिप्लो सैलिमा लर्किनेहरुको पनि कमि थिएन।त्यसैको उस्ले फाईदा पनि उठाएको थियो।अहिले प्लाटिङ्ग को खेलमा उ देशभित्रका ठेकेदारहरु सँग मिलेर काम गर्न थालेको रैछ तर त्यसबारे कसैलाई भनक पनि थिएन।बिरु समाजको सक्रिए कार्यक्रता पनि अहिले उसैको जालमा परेको थियो।एक पल्ट सेते सँग सोध्नु पर्छ भनेर उस्ले सेतेको डेरा तर्फ साईकल मोड्छ अलि पर गएर खुर्पेको भनाई शंझिन्छ”कसै सँग जिकर नगर्नु यसबारेमा”ऊ साईकल घुमाएर आफ्नो गनतब्य तर्फ हिंड्छ।
खुर्पे भने “अब बिरु आएपछि अरु त सामन्यहुन यो सहरमा आफ्नै चल्छ”भनेर मनैमन आफु सफल भयकोमा हर्सित थियो।
उस्ले सेते बाहेकका यो सहरमा धेरै साथिहरुलाई आफ्नो जालमा फसाएको थियो।सेते सँग भने उस्को कहिले बनेन कुरा मिल्दै मिल्दैनथ्यो।
अब उनिहरुले समाजको काम भन्दा प्रोपटी डिलिरको काममा समय दिनथाले संगठानिक काम हुन छाड्यो।
यँहामात्र सेतेको भरमा संगठन चलेको थियो बांकिले देखावटी र ओपचारिक मात्र पुरागर्थे।बिरुको अहिलेको अबस्था देखेर सेते पनि संकालु भयो तर कयौँ पल्ट सोध्दा पनि बिरुले केहि भनेन।
सबैजसो कमिटिका मान्छे ठेकेदारीमा लागेपछि समाजसेवाको काम ठ्याक्कै हुनछाड्यो।अब उनिहरुको आफ्नै खिचलो चलिरहन थाल्दा स्थानिय जनतामा परिआएका काम समस्या लाई कस्ले हेर्ने।
एक दिन खुर्पेले सबैका पैसा कुम्लाएर भाग्छ।अनि सबै ले त्यो खुर्पेलाई खोज्न थाल्छन आर्थिक हिनाबिना भयपछि यि सबै संगठनबाट पनि पोल खुल्ने डरले निस्कृय हुन्छन।नत ग्वार माग्ने लायक न खुर्पेको अत्तो पत्तो अब सबैले आफ्नो कर्मलाई कोचेर बस्छन।(यो कथा का पात्र कालपनिक हुन कसैको ब्यबहार सँग मिल्न गयमा मात्र सञ्जोग हुनेछ)