जीवनकै त डरलाग्दो सफर धाम नै हो यो,
अन्तिम गनतब्य मृत्युको बिस्राम नै हो यो।
भन्ने भन्छन यति कमाए उति कमाएं याहाँ,
छुट्छ कथामात्र सँगै जाने रित्तो खाम नै हो।
आज भाई भाईमा तेरो मेरो सम्पतिको कल,
धन सम्पत्ति सँगै जान्न लडाई बेकाम हो यो।
समय आउँछ पक्कै मेरोपनि चितामा जल्ने,
खरिनी माथि अवशेष रहने मात्र नाम हो यो।
कसैको मृत्यु हलुङ्गो त कसैको गरुङ्गो हुन्छ,
सबै बिचार र ब्यबहारको नै अञ्जाम हो यो।
भन्छन भन्नेले पताउँदैनन् यो सेते जस्ता ले,
साँच्चै जीवन सुख र दुःखको गोदाम हो यो।