शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रवास
  • अमेरिकाको क्यालिफोर्नियामा एक नेपालीको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा एक नेपालीको मृत्यु

  • आइतवार, भदौ २०, २०७८
अमेरिकाको क्यालिफोर्नियामा एक नेपालीको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका २६ बर्षीय सुमन पोख्रेलको निधन भएको छ । उनको मृत्युपछि क्यालिफोर्नियाको दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले दाह संस्कार गर्नका लागि खर्च जुटाउनगो फण्ड मीमा खाता खोलेको छ ।

दि ह्वाइट जोन क्यालिफोर्नियाका अनुसार पोख्रेल विगत ४ बर्ष देखि रिचमण्ड क्यालिफोर्नियामा बस्दै आएका थिए । उनलाई गत शनिबार सेप्टेम्बर ४ का दिन अस्पताल भर्ना गरेको केही समयमै मृत्यु भएको जनाइएको छ ।

उनी गत बर्ष मात्रै नेपालमा विवाह गरेर अमेरिका फर्किएका थिए । गत सेप्टेम्बर ४ का दिन खोलिएको गो फण्ड मी खाताको लक्ष्य ४० हजार डलर राखिएको छ । १३ घण्टा अगाडी खोलिएको उक्त खातामा ५ सेप्टेम्बर ,बिहान ६:३० (डिसी को समय अनुसार ) बजे सम्म करिव १८ हजार डलर संकलन भै सकेको छ ।

चर्चामा

सम्बन्धित समाचार