शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • भालुका आक्रमणबाट घाईते कौशिल्लाको उपचारको लागि जुवापानी एकता कलबद्धारा सहयोग

भालुका आक्रमणबाट घाईते कौशिल्लाको उपचारको लागि जुवापानी एकता कलबद्धारा सहयोग

  • आइतवार, भदौ २०, २०७८
भालुका आक्रमणबाट घाईते कौशिल्लाको उपचारको लागि जुवापानी एकता कलबद्धारा सहयोग

बाजुरा — भालुको आक्रमणमा परि शक्त घाईते भएकी २१ बर्षिया कौशिल्ला नेपालीको उपचारको लागि जुवापानी एकता युवा कलब बाजुराले आर्थिक सहयोग गरेको छ ।
घाईते नेपालीको उपचारको लागि धेरै आर्थिक लाग्ने भएपछि न्यून आर्थिक स्रोत भएकी नेपालीको उपचारमा समस्य भएकोले कल्वले सहयोग गरेको हो । उपचारमा ५ लाख बढी लाग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । नेपालीसंग पैशा नभएपछि समाजिक अगुवा प्रकाश सिंहको पहलमा नेपाल हेल्थकेयर उपकरण बिकास प्रतिष्ठानले उपचारको लागि पहल गरी रहेको जनाएका छन ।
आर्थिक अभाबका कारण उपचारमा तड्पीरहेकी कौशिल्लाको उपचारमा केही सहयोग पुगोस भन्ने उद्देश्यले जुवापानी युवा कलबले ५ हजार सहयोग गरेको कलबमा अध्यक्ष निराजन सिंहले बताएका छन् । कौशिल्लाको उपचार समाजसेवी प्रकाश सिंह र सम्राटसिंह बस्नेतको पहलमा काठमाण्डौमा भईरहेको छ । कलबका सदस्यहरुले कौशिल्लाको उपचारको लागि आर्थिक सहयोग गरिदिन अनुरोध समेत गरेका छन् ।
बुढीगंगा नगरपालिका ९ जुपापानीकी नेपालीलाई गएको बिहीबार दिउसो बस्तुभाउ चराउन गएको बेला भालुको आक्रमणमा परि शक्त घाईते बनाएपछि उपचारको लागि अछामको बयालपाटा अस्पताल लगिएको थियो । बयालपाटा अस्पतालमा उपचार सम्भब नभए पछि काठमाडौका शिक्षण अस्पतालमा उपचार भईरहेको आफन्तले बताएका छन ।
कौशिल्लाका बाबु पिल्ठे नेपालीको केही बर्ष पहिले कामको शिलशिलामा भारतमा मृत्यू भईसकेको छ । घाईते युबती आमाको शाहारामा काठमाण्डौमा उपचारको लागि तड्पीरहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार