सुरेशकुमार पान्डे —अहिले मैले साथिहरु सँग दुःख साझा गर्छु।मैले कसैको नाम नलिएर मात्र आफुलाई परेको केही सटिक कुरा राख्दा कसैले पनि अन्यथा नलिन हुँन पनि अनुरोध गर्छु।
वास्तबिक भन्नुपर्दा म अलि काँचो उमेरमा सँगठनमा लागें।त्यो बेला म १७बर्षको थिएँ कसैको प्रभावमा परेर लागेको पनि होईन। हाम्रा मित्र केसब पौड्यल ज्युले एकता समाजको सदस्य बनौ भन्नु भयो पानीपतको थर्मलमा त्यो बेला डेलिबिजिस मज्दुर लागेको थिएँ।न म राजनीति प्रभावमा परें मात्र समाज सेवा गर्ने बिचारले लागेंको हुँ।मलाई सांस्कृतिमा रहर थियो,खेल मा रहर थियो, गीत र नाटक(कथा)लेख्ने रहर थियो।मैले जति लेखेँ ति लेखेको मध्य धेरैजसो रद्धिको टोकरीमा फालिए दुःख लागेन प्रयास जारिनै रहयो।मलाई लेख्ने पढ्ने र बिभिन्न दार्शनिकहरुको जिवनी अध्यायनगर्ने रहर पलायो।
मैले सानै उमेरमा जातिय बिभेदको अनत्यको लागि प्रयास गरें आफुले जति भनियो त्यो ब्यबहारमा ढालियो पनि।जनैपनि लगाएन कहिले पुजाहरु पनि गरिन।स्यानैमा मैले दलितका घरमा खाएपछि कता कति मान्छेले यो केटका हावा खुस्कियो भन्नेगरे।जनै नलागाउँदा कयौं ठाउँमा अपमानित हुँनुपय्रो।संगठनको काममा हिंड्दा कति सङ्कट झेलियो भोकै स्टेसन मा सुतियो।त्यो उनिहरुलाई थाहाछ जस्ले सन ८१-८२ तिर संगठनमा लागेर काम गर्नुभयकोछ त्यो कुरा उँहाहरुको लागि हामिले भन्नुपर्दैन।त्यो बेलाको अबस्थाको स्वायम भक्तभोगि थोरै धेरै हामि सबैछम।मानिसहरुको अपमान यँहा सम्म धम्कि र मार्न आउँने कुरा सामन्य थियो।तर पनि हामिले उनिहरुलाई अबुझ नादान सम्झिएर गालि गलौचको बद्लामा मिठो बोलेर सम्झाउँथ्यौँ।पछि तिनै हाम्रा कार्यक्रम बिथुल्न आएका साथिहरु संगठनका सक्रिय कार्यक्रता र नेता समेत भए।
यो द्वौरानमा संगठनमा कयौँ पल्ट फुट भयो हामिलाई सिकाएका हाम्रो दृष्टीमा सम्मानित ब्याक्तिहरु पनि जानुभयो।हामिले संगठनलाई फुटाल्ने कार्यलाई गलत ठान्यौँ र हामि फुट र गुटमा कहिले लागेनौ त्यसकारणले फुटेर गएका साथिहरुको नजरमा हामि कायर भयौँ किन कि हामिले संगठनलाई फुटाल्न मानेनौँ।
कयौँ साथिहरुले हामिलाई गालिगलौच पनि गरे त्यो मात्रै होईन कयौँ फर्किएर आएपछि पनि उनैले अपमानित गर्दै आए हामिले चुप चाप बसेर सहंदै पनि आयौँ।किन कि हामिले संगठनलाई आफ्नो घर जस्तै सम्झेर त्यो घरलाई जोगाउँने काम गर्दै आएको जगजाहेरछ।मेरो सामुन्ने ८२मा कयौँ साथिहरु प्रवाशि सँघमा जानुभयो उँहाहरुले पनि आफुतिर तान्ने पुरै प्रयास गर्नु भयो।त्यसपछि विजय शर्मा जानुभयो त्यो बेला हाम्रा थुप्रै घनिष्ट साथिहरुले हामिलाई छाडेर जानुभयो।त्यो बेलामा पनि कयौँ साथिले हामिलाई बिद्रोह गर्न नसकेको कायर भनेर बेलाबखतमा भन्नुभयो।तर हामि लगातार संगठनको सच्चा सिपाही बनेर अडिग रह्यौँ।
वीजय शर्मा राजु नेपाली बिष्णुहरि शर्म ले त झन हामिलाई कलाकार बनाउँनु भयको थियो।नाटकमा अभिनय गर्न सिकाएको मलाई बिष्णु शर्माले हो।उँहाहरुले हाम्रो कलालाई तिखार्न मद्त गर्नु भयो।पछिका साथि मध्य गोबिन्द सिहँ थापाले पनि मलाई कविता लेख्न प्रेणा दिनु भयको थियो।कयौँ पल्ट कविताहरु छापेर प्रोत्वसाहित गर्नु भयो।गंगा पौड्यल ज्युले मेरो राजनीतिक लेख”१९५०को शन्धिर भारतको भुमिका बारे”भन्ने लेखलाई आफै लगेर छपाउँनु भयो।जस्ले गर्दा मलाई लेखनमा धेरै मद्त मिल्यो।मित्रलाल शर्मा ज्युले मलाई थुप्रैकाममा हिम्मत हौशला दिनु भयो।उँहाकै होशलाले मैले धेरै सामाजिक कामहरु गर्न सफल पनि भए।हरिलाल शर्मा पनि हाम्रा आदर्णिय हुँनु हुन्थ्यो उँहा बाट पनि बेलाबखतमा हामिलाई हौशला मिल्थ्यो।लिलानाथ कुसुमले पनि हामिलाई थुप्रै होशला दिनु भयो।कयौँ फुटेर गएपनि उँहाहरु फर्केर आएपछि आत्मिए मित्र बनेर सहयोग गर्नु भयो त्यो कसै सँग लुकाएर लुक्ने कुरापनि होईन।कयौँ साथिहरु आज भौतिक रुपमा हाम्रो बिचमा पनि हुँनुहुँदैन तरपनि उँहाहरुले देखाएको बाटोमा हामि निरन्तर लागि रहेकाछौँ।
संगठनको सफरमा कयौँ राम्रा कयौँ नराम्रा साथिहरु सँगको सहकार्यले मलाई धेरै कुराहरु सिकाएकोछ।अहिले उनिहरु जस्ले अपमानित गरे वा सम्मानित गरे होशला दिए ति सबैबाट शिक्षा हासिल भयकै हुन्छ।हामिले उँहाहरुको मद्तमा ठुला ठुला शंगर्ष गरेर असम्भब काम पनि सफल पारेको ईतिहाशछ।
आज कयौँ साथिहरुले संगठनलाई छाडेर जाँदा हामिलाई कायर हनुमान जस्ता आरोपहरु कुन आधारमा लगाउँनुहुन्छ?त्यसबारेमा उँहाहरुले हाम्रो संगठानिक ईतिहाशलाई अलि गहिरिएर अध्यायन गर्नुपर्छ।हामि कसैको दुधपछि आएका ब्याक्ति होईनौँ कसैले जा भनेर जाने र आभनेर आउँनेपनि होईनौँ।कुनै साथिलाई संगठनबाट अन्याय भयकोछ भने संगठानिक रुपबाट शंघर्ष गर्नुपर्छ।ब्याक्तिलाई गालि गलौच र अपमान गर्ने आदरणिय मित्रहरुलाई पनि कुनै अधिकारछैन।मैले कुनै साथि संगठन बाट फुटेर गयो भनेर कसैलाई कुनैबेलामा पनि अपमानित हुँनेगरि आलोचना समेत गरेको कतै कसैले पनि भेट्नु भयको छैनहोला।हो मैले संगठन भित्र अनुसाशित रुपमा लेखित वा मौखिक आलोचना वा सुझाबपनि दिने गर्दै आएकोछुँ यो एउटा कार्यक्रताको अधिकारको क्षेत्रहो।तर कयौँ साथिहरुलाई त्यो नपचे पछि गालि गर्ने आधा पागल समेत भन्दै आएको ईतिहाशपनिछ।कसैले के भन्यो त्यो उस्को कुराहो ब्याक्तित्वहो।जो जस्तोछ उस्ले आफ्नो कम्जोर मानसिकतालाई बेलाबखतमा उजगार गरेको हुन्छ भन्ने मलाई लाग्छ।अहिले कयौँ साथिहरुले मेरा लेखमा नकारत्मक टिपणि गर्ने मेसिञ्जरमा टिका टिप्णि गर्ने,हनुमान भन्ने अनि टिकेहरु भन्ने कायर भन्ने र अपमान गर्ने गर्नु लाई उँहाहरुले आफ्नो शान र अधिकार भयको सम्झिनुभयकोछ।त्यसबारे बढि केहि भन्नुछैन तर उँहाहरुले मेरो चारदशकको संगठानिक खाकालाई खोतलेर संगठनलाई क्षतिहुँने वा आर्थिक नैतिक र कुनैपनि कम्जोरी फेलापारेर मलाई जानकारि गराउँन हार्दिक अनुरोध गर्दछुँ।संगठनमा रहने वा नरहने कसैले भनेको आधारमा होईन मेरो आफ्नो बिचारमा निर्भर रहन्छ।
साथिहरु अरुले के गर्छन त्यो अरुको कुराहो मैले कुनै पनि ब्याक्तिको चम्चागिर जनमकाल देखि गरिन संगठानि क्षेत्रमा मात्रै होईन मेरो कार्यक्षेत्रमा पनि भेट्नु हुनेछैन।हामिले गलतलाई गलत भन्छौँ तर भन्ने ठाउँमा जतापायो उतै बोल्नुलाई आफ्नो अधिका सम्झिन्न मैले।हामिलाई नेता बन्नु पनिछैन मन्त्री बन्नुपनि छैन।सामाजिक काम गर्दै आएको ब्याक्तिलाई सामाजिक काम कसरी गर्ने भन्नेबारे कसैले भन्नु पनि परेन चालिस बर्षको आफ्नै अनुभब पनिछ।तर कयौँ गुणत्मक शुझाब दिएर प्रेणा दिनेहरुलाई सदैभरी हार्दिक सम्मानछ।अहिलेलाई यत्ति सटिकमा लेखेकोलाई त्यहि रुपमा बुँझौँ।