सेते!लघुकथा।

  • शुक्रबार, भदौ १८, २०७८
सेते!लघुकथा।

सुरेशकुमार पान्डे — “राजतन्त्र मुर्दावाद!नौलो जनवादी क्रान्ति जीन्दावाद!”
भन्दै राता राता झण्डा बोकेको प्लेकाड छोपेका ब्याक्ति
हरुको जुलुश नजिकै बाट गुज्रिएको देखेर सेतेलाई जोस आउँछ।”आहा के गजबको जोस”भन्दै नजिकैको होटेलमा छिक्कामा रित्ता गिलास लिएर पुग्छ।त्यो नजिकैको एउटा आफिसमा चियाका रित्ता गिलास लिन गएको थियो अलिबेर जुलुशलाई नियाल्दा उस्ले आफ्नो छाति ठुलो भयको महेशुर्ष गर्छ।आफु जस्तै नेपालीहरुको जुलुस देख्दा गौरव महेशुर्ष हुँनु स्वभाबिक पनि हो।
यो बिदेशी भुमिमा एसरी लाहुरेहरुको जुलुस देख्दा आश्चार्यपनि लाग्यो।
उस्ले ढिलो नगरि यो संगठनमा लाग्ने मन बनाउँछ तर काँ को सँग कन्टेक गर्ने कुनै मेसो पाउँदैन।केहि दिन पहिले केही मान्छे पत्रिका बेच्न उनिहरुको झुग्गि बस्तिमा आएका थिए त्यहि मध्यका त होईनन् यिनिहरु?उस्ले मनैमनमा कुरा खेलाउँछ।छोटु जा दफ्तरमा यो चार चिया दिएर आईज!काकाले आदेश गर्छ!हौश बाबु जी!भन्दै सेते चीयाको छिक्का छोपेर चिया राख्दै हिंड्छ।काका टि स्टाईलको मालिक थियो।त्यँहा सेते लगायतका केहि नेपालीहरुले काम गर्थे तर ति सबै असंगठित थिए।कोई त आफुलाई नेपाली भन्न पनि रुचाउँदैनथे।एउटाको नाउँ हात्ति थियो उस्ले दिनैभरी भट्टिमा चिया बनाउँथ्यो र रातिमा टन्न रक्सि पिएर सुत्थ्यो। अरु स-साना केटाहरु कसैले गिलास धुन्थे,कसैले चिया सर्विस गर्थे सेतेले पनि चिया सर्विस गर्थ्यो।सेते चिया लिएर जान्छ अलि बेरपछि फर्केर आउँछ।आज उस्को चालचलन देख्दा काकालाई आश्चार्य लाग्याछ।किन कि हिँजो अँस्ति भन्दा सेतेको अनुहार आज खिलेको थियो।भर्खरको किसोर अबस्थामा केटाहरुको यसरी फुर्ति आउँनु त सामन्य कुराहो तर पनि के भयो सेते?सदै तेरो सक्लमा बाह्र बजेको हुँन्थ्यो तर आज त कमलको फुल खिलेझैँ छ त मुहार !काकाले ठट्याउले पाराले भन्यो।हो आज मलाई हाम्रो नेपाली समाजको जुलुस देख्न मिल्यो त्यसैले खुसि लाग्यो!सेतेको उत्तर सुनेर खिसि गर्दै अब तं पनि नेता बन्छस!होईनर?काकाले ब्यांङ्ग्या कस्यो।बाबु जी नेता पनि त मानिसनै हुन्छन हामि जस्तै!सेतेले खिसिक्क हाँस्दै भन्छ।” उफ..यो केटो त कुन्नि नेतानै बन्छ होला”भन्दै आफ्नो सिटमा बस्छ।उता हात्तिले चीया बनाई रहे पनि सेते तिर हेरेर मुस्कुराई रहेको थियो जस्तै उस्ले पनि मालिकको साथ दिंदै सेतेको उपहास गरेको झैं गरेर।हात्थि जी अब हामि पनि संगठित हुनुपर्छ क्या होईनर?सेतेले भन्छ।काम गर काम जा रित्ता गिलास लिएर आईजा!भन्दै हात्थिले आफ्नो पावर देखाउँछ।त्यो चिया बनाउँने कारिगर अलि पुरोनो थियो तर त्यति चत्तुर थिएन मालिकले दिनौ गालि गर्थ्यो।त्यसकारणले उस्ले केटाहरु हप्काएर मन सान्त पार्थ्यो।
उ पनि घर नगयको कयौँ बर्ष भयो भन्थ्यो घर चाहिँ पाल्पा बताउँथ्यो देख्दा मगर जस्तो तर पुरै सरिरमा कत्तला परेकोले सबैले उस्लाई हात्थि भन्थे उस्ले आफुलाई हात्थि भन्दा कत्ति नराम्रो मान्दैनथ्यो।
साँझ दोकान बन्द भयपछि ढिलो नगरि सेते झुग्गिमा पुग्छ त्यो बेला उ सँगै कसैको झुग्गिमा किराया दिएर दुई तिन जना बस्थे,काम भने बेग्ला बेग्लै ठाउँमा गर्थे।
रामे आजमैले ठुलो जुलुस फेला पारें नेपालीहरुको!सेते ले रामे सँग आश्चार्य प्रकट गर्छ!काँ?रामेले प्रति पश्न गर्छ।राम लिला ग्राउँन बाट जाँदै थियो एकछि उभिएर नियाले युवाहरुको जमात थियो।अरु पुरुष महिलाहरु पनि थिए!भन्दै सुनाउँछ।
अंस्ति एक पल्ट एउटा पुस्तक बेच्दै थिए छिमेकमा उनि पनि राम्रा राम्रा कुरा गर्छन तर उन्लाई त देखिन मैले जुलुसमा!उनि आएपछि एक पल्ट सोध्नु पर्छ!रामेले भन्छ।
दुबैले भात पकाएर खानै थालेका थिए छिमेकी त्यँही आउँछन उनको हातमा उस्तै पुस्तक थियो आज पनि।
केछ भाई?नमस्ते हजूर!बस्नुस चारपाई तिर ईसारा गर्दै रामेले बिनोदलाई बस्न आग्रा गर्छ!उनि बस्छन।आउँनुस भात खाम!सेते ले भन्छ।मैले खाई सकें भाई म त सामन्य भेटघट गरौँ भनेर आएको हुँ नजिकैको एउटा झुग्गिमा बस्छु मपनि!उन्ले भन्छन।
आजको जुलुसमा जानु भयको थियो र हजूर?रामेले सोध्छ।हो गएको थिएँ राजतन्त्र बिरुद्धको जुलुह थियो हामि भारत बाट भयपनि बिरोध गर्नुपर्छ भन्ने मान्यता राख्छौँ हामिले।भन्दै गए धेरै राम्रा राम्रा बिचारहरु भन्दै शिक्षा दिँदै बिनोद अलि बेर बसेको यो पहिलो पटक हो आज भन्दा पहिले यसरि कुरा गरेको भने सुनिएको थिएन।
रामु भाई हामिले छिट्टै सम्मेलन गर्नुछ त्यसैले मैले यि अपिलहरु ल्याएकोछुँ भन्दै अपिल टकार्छ।एकछिन अपिल तर्फ नियाल्छ र खोल्टिमा राख्दै!हजूर कैले देखुन लाग्नु भयको यस्मा?सेतेले प्रश्न गर्छ।म परार साल देखि लागेको थिएँ।
यो बिदेशमा एकता नभएपछि हामि झनै अपहेलित हुन्छौँ परदेशमा एकता समाजको खाँचोछ भन्दै अलि बेर उन्ले प्रतिक्षाण दिन्छन।सेते रामे लगाएत संगठन भित्र आबद्ध हुँन स्विकार गर्छन।
उनि कयौँ पल्ट क्लास दिने सम्झाउँने बुझाउँने संगठनको मुख्य जिम्मेवारी पदमा सरुवा गर्ने जिम्मा उसैको थियो।
बिनोदले एकता समाजको पत्रिका एकता शंदेश लाई दिन्छ, साथै एकता समाजको मासिक बुलेटीन “नेपाली एकता” पनि दिन्छन।
यो पुस्तक भने पढेर फिर्ता दिनुहोला भन्दै एकता संदेशलाई हातमा थमाई दिन्छन।एकता माजको सदस्याता अहिले मसँग छैन पछि काटौल है!भन्दै उनि
त्यँहा बाट बिदा लिन्छन।
उनि संगठनका प्रमुख मध्यका थिए साहिद पेसेवर हुनुपर्छ।
यस्तै दिन बित्दै गए एकदिन संगठनको बिधान सदस्याता लिएर उनै आए।ब्यापक कल्लास चलाएर एउटा टोलको गठन गरे।त्यो टोलमा रहेर काम गर्न पाएकोमा सेते खुबै खुसि थियो।आज उस्ले सोचेको पुरा भएको थियो।समय बित्दै गयो जिम्मा लिंदै अगाडि बढ्दै सेते सक्रिय भएकै बेला एकदिन बिनोद सेतेको क्वटरमा पुग्छन।उनि अलि उदास थिए किन हो बुझ्न सकिएन तर लाग्थ्यो संगठन बाट अलि निरास बस्थामा छन।
केहि दिनपछि संगठनले उन्लाई कार्वही गरेको पत्र आउँछ।ब्याक्तिगत रुपमा मिलनसार बुद्धिजीवी लाई किन कार्वाही भयको होला भन्दै मनैमन सोंचेकै थियो उन्ले संगठनलाई कयौं आरोपहरु लगाउँन थाल्छन र संगठन बाट निस्किन्छन।हिंजो संगठनलाई आफ्नो घर बिस्व बिध्यालय भन्नेले आज त्यसैको खैरो खनेको देख्दा सेते रामे आश्चार्यचकित हुन्छन।
यस्तै गरि कयौँ अरु पनि निस्कृर्य हुँदै जान्छन जस्का कुरा सुनेपनि एक ले आर्कालाई पोल्ने खाले बिचार हुन्छन।बुझ्न सकिदैन।जाने साथि सँग लामू समय सम्म सहकार्य गर्दा भावनात्मक सम्बन्द त हुन्छनै।
एसरी सेते कसैको प्रभाव भन्दा संगठनको प्रभावमा परेर आएकोले संगठनमै आबद्ध भएर अगाडि बढ्छ।तर त्यो किन निस्कृर्य भयो यो प्रश्नको उत्तर फेला पर्दैन।
समय बित्दै जान्छ हिजोका गुरु भनौदाहरु अहिले एक एक गरेर निस्किदै जान्छन।के उनि क्रान्ति गर्न निस्किएका हुँन वा क्रान्ति बिथुल्न?यो प्रश्न सेतेको मस्तिकमा ठाडो भएर उभिएकोछ।

चर्चामा

सम्बन्धित समाचार