बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • भालुको आक्रमणबाट घाइते कौशिल्ला आर्थिक अभाबमा अलपत्र

भालुको आक्रमणबाट घाइते कौशिल्ला आर्थिक अभाबमा अलपत्र

  • शुक्रबार, भदौ १८, २०७८
भालुको आक्रमणबाट घाइते कौशिल्ला आर्थिक अभाबमा अलपत्र

निराजन सिंह/बाजुरा–भालुको आक्रमणबाट घाइते कौशिल्ला नेपाली आर्थिक अभाबमा अलपत्र परेकि छन् । बाजुराको बुढिगंगा नगरपालिका ९ बस्ने २१ बर्षिय कौशिल्लालाई बिहिवार दिउसो गाउँ नजिकै गोठालो गएको बेला भालुले आक्रमण गरेर घाइते भएकि हुन् ।
घाइते युवतीलाइ आफन्तले उपचारका लागि अछामको बयलगडा अस्पताल लगेका थिए । अस्पतालले अप्रेसन गर्नुपर्ने नेपालगञ्ज तथा काठमाडौ थप उपचारका लागि लग्नुपर्ने बताएपनि पैशा नहुदा अलपत्र रहेको आमा दिला नेपालीले वताएकि छन् ।
अस्पतालले थप उपचारका लागि नेपालगञ्ज तथा काठमाडौ लग्नु भनेको छ, बिरामीका आफन्त सँगै जाने भाडा समेत नभएको स्थानिय भुप्रेन्द्र नेपालीले वताएका छन् । कौशिल्लाका बुवा प्रेम नेपालीको धेरै बर्ष पहिला मृत्यु भइसकेको छ । उनको शाहारामा आमा मात्र रहेकि छन् । आर्थिक अबस्थामा निकै परिवार रहेको छ ।
कौशिल्लाकी आमाले छोरीको उपचारका लागि हारगुहार गरेकि छन् । बिहिबार दिउसो ४ बजेतिर गाउँनजिकै जंगलमा गोरु चरारहेको बेला भालुको आक्रमण बाट घाइते भएकि थिइन् । घाईते युवतीको टाउको, मुख र घाटीमा गम्भिर चोट लागेको छ । सहयोगका लागि स्थानिय तह लगायत बिभिन्न सहयोगि संस्थाहरुलाई गुहार मागिरहेका छौ, नेपालगञ्ज तथा काठमाडौ लिनका लागि गाडिमा समस्या हुने भएकाले जहाजका लिनुपर्ने हो, आर्थिक नहुदा निकै समस्यामा परेको आफन्त भोबिन्द्र नेपालीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार