बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारत : मोबाइल गेम खेल्दा गाली गर्दथे पिता, १७ वर्षीय छोराले घाँटी थिची हत्या गरिदिए

भारत : मोबाइल गेम खेल्दा गाली गर्दथे पिता, १७ वर्षीय छोराले घाँटी थिची हत्या गरिदिए

  • शुक्रबार, भदौ १८, २०७८
भारत : मोबाइल गेम खेल्दा गाली गर्दथे पिता, १७ वर्षीय छोराले घाँटी थिची हत्या गरिदिए

मोबाइलले हाम्रो जीवन सहत बनाइदिएको छ तर त्यहि मोबाइलका कारण मानिसहरुको जीवन पनि तहसनहस भइरहेको छ । एउटा यस्तै घटना भारतको गुजरातस्थित सुरतमा घटित भएको छ जहाँ पिताले जब आफ्नो किशोर छोरालाई मोबाइलमा गेम धेरै नखेल भनेर गाली गर्दा छोराले पितालाई घरमा नै घाँटी थिचेर हत्या गरिदिए ।

अर्जुन अरुण आफ्नी श्रीमती र एक छोरासँग बस्दथे । मंगलबार अर्जुन अरुणलाई उनकी श्रीमती डलीले बेहोसीको स्थितिमा सूरतको नयाँ सिभिल अस्पताल पुर्याइन् जहाँ डाक्टरले अर्जुनलाई मृत घोषित गरे ।

श्रीमती डली र उनका किशोर छोराले त्यतिबेला अस्पतालका डाक्टरलाई अर्जुन आठ दिन अघि बाथरुममा लडेको बताएका थिए । त्यतिबेला अर्जुनलाई चोट लागेको र मंगलबार उनी सुतेको स्थानबाट उठ्न नसकेको बताए । मृतक अर्जुन सरकारकी श्रीमती डली र उनका छोराको कुरामा डाक्टरलाई शंका लागेपछि उनीहरुले शवको पोस्टमार्टम गर्ने निर्णय गरे ।

पोस्टमार्टम रिपोर्टमा अर्जुनको मृत्यु घाँटी थिचेका कारण भएको पत्ता लाग्यो । यसबारे प्रहरीलाई जानकारी दिइयो । सोधपुछमा १७ वर्षीय छोराले प्रहरीलाई आफू दिनभरी मोबाइलमा गेम खेल्ने गरेको र यसका लागि पिता अर्जुन सरकारले उनलाई गाली गरिरहने भएकोले मंगलबार बुवा सुतिरहेका बेला आफूले घाँटी थिचेर हत्या गरेको जानकारी दिए ।

प्रहरीले हाल अर्जुनकी श्रीमती डली र छोरालाई हिरासतमा लिएर थप कारवाही सुरु गरेको छ । मोबाइल गेम खेल्नबाट रोक्दा सूरतमा भएको घटनाले सबैलाई चकित बनाइदिएको छ ।

चर्चामा

सम्बन्धित समाचार