बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • दलित समुदायकी १५ बर्षिया किशारी सामुहिक बलात्कारको शिकार भईन

दलित समुदायकी १५ बर्षिया किशारी सामुहिक बलात्कारको शिकार भईन

  • शुक्रबार, भदौ १८, २०७८
दलित समुदायकी १५ बर्षिया किशारी सामुहिक बलात्कारको शिकार भईन

मेवालाल यादव — रौतहटको माधवनारायण नगरपालिकामा दलित समुदायको १५ बर्षिया किशारी सामुहिक बलात्कारको शिकार बनेकी छिन् ।
माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवा घर भएकी पासवान थर भएकी १५ बर्षिय किशोरीलाई गाउँकै तिन जना युवाहरुको समुहले मंगलवार अपरान्ह सामुहिक रुपमा बलात्कार गरेका हुन् । किशोरी घरबाट दाउरा टिप्न नजिकैको आपको वगैचामा गएको वेला तिन जना युवाहरुले मुख थुनेर बलात्कार गरेका थिए ।
पिडिता किशोरीमाथि भएको बलात्कार पछिको पिडा सहन गर्न नसक्दै रुदै छटपटिरहेको अवस्थामा उनका छिमेकीहरुले घरमा पुर्याएपछि तत्कालै इलाका प्रहरी कार्यालय गरुडालाई खवर गरेको थियो । इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारी आफै घटनास्थलमा पुगेर पिडिता किशारी माथि घटेको घटनाको अनुसन्धान गर्दै उक्त कार्यमा संलग्न रहेका एक जना युवकलाई गए राति १२.१० बजेको समयमा नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
पक्राउ परका १८ बर्षिय युवक किसुनी सहनीलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरेर जबरजस्ती करणी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिदै डिएसपी भण्डारीले पिडिता किशोरीलाई बुधवार स्वास्थ्य परिक्षण गराइसकेको तथा फरार रहेका अन्य दुईजना युवकको खोजी कार्य तिव्ररुपमा भइरहेको जानकारी उनले दिए ।

चर्चामा

सम्बन्धित समाचार