अनिकाल!लघुकथा!

  • बिहिबार, भदौ १७, २०७८
अनिकाल!लघुकथा!

सुरेशकुमार पान्डे — सानो चारपाखे घरको पालिमा धान कुट्ने ढीकि थियो।त्यहि ढिकिको छेउँमा स-साना बालखहरु बसेर साहिद आफ्नो आमालाई कुरेका थिए।भर्षामासको दिन भोलि पल्ट तीज पर्व थियो।बालखहरु लाई भने आज आमा आएपछि मिठो खाना पाक्छ भन्ने थियो।उता मतिले बिर्खे साहुका घर दिनभरी धान कुटेर माना दुई चामल मिल्छ भन्ने आसमा करेसामा बसेकी थिईन।
साहुनीले मति जा तल बारिमा गएर मुठा दुई फोर्शो खसाल भन्दै हाँशि थमाई दिन्छिन।मति नबोलि हाँसि लिएर फोर्साको घाँस रुख बाट खसाल्छिन र छेमलेर मुठा पार्दा लगभग साँझ पर्दै थियो।आर्कालाई रिझाएर छाक टार्न त्यति सजिलो काँहा हुन्छ।
उस्ले छिट्टै आत्ति -आत्ति घाँस आगनिमा राख्दै मलाई पनि दुई माना चामल दिनुस बजै भन्छिन!ओहो किन न दिने तिमिलाई काम गर्ने मान्छेलाई त मैले कहिले मना गरेकी छुँ?तैंले भन्ने भन्दा पहिले कुटुरो पारेकि छुँ भन्दै एउटा टालोमा टपरि बानेको चामल मतिलाई थमाई दिन्छिन।
दिन भरी काम गरेपनि चामल पाएपछि मतिको थकाई मेटिन्छ।आज चामल नमिलेको भय मैले आफ्ना बाबु नानिलाई के भनेर सम्झौँदा हुँ धन्य साहुनि बजै”मतिले मनैमनले साहुनिलाई धन्यावाद दिन्छिन।
रात पर्न थालेको थियो मतिलाई आफ्ना बाल बालिका के कस्तो हालमा हुँनन् भन्ने चिन्ता थियो।मति सुन त?पछाडि बाट फेरी साहुनि ले बोलाईन!हजूर भन्दै मति फर्कफर्केर नजिक आउँछिन!साहुनिको हातमा अहिले गाग्रि थियो।हजूर बजै!जा एक गाग्रा पानि ल्याईदेल अनि फेरि जालिस!भन्दै गाग्रि हातमा थमाई दिन्छिन।रात पर्नै लागेपनि नजिकै कुवा थियो दौडेर एक गाग्रि पानि ल्याई दिन्छिन अब झमक्कै रात परिसकेकोछ।मतिले कुटुरो उठाएर दौडि दौडि घरमा पुग्दा दुईटा बालख ढिकि नजिकै निदाएका थिए एउटाले भर्खर भित्र आगो बाल्न थलेको थियो।
बाबु मलाई ढिला भयो भन्दै मतिले चौकामा गुन्द्रि बिछाउँछिन र एक एक गरेर दुबै बालखलाई भित्र गुन्द्रिमा ल्याएर पल्टाई दिन्छिन।फुर्शेले आगो बालेर उज्यालो गराएको थियो।बिर्खेका घरबाट ल्याएको चामल लाई एउटा थालमा राख्छिन।दिउसो आफुलाई नास्ता खान दिएको साहुँनिले त्यो नखाएर पटुकामा बेरेर राखेको दुईवटा गहुँका रोटी लाई निकालेर तताउँछिन र ति बाबु नानिलाई उठाएर आधा आधा दिन्छिन।उन्लाई न त सितन चाहिन्छ कति मिठा मुखले रोटी खान्छन।आफ्ना सन्तोषि बालखहरु लाई नियाले मति भावुक हुन्छिन उन्को गला भारि भयको थियो।
आमा आज दर खाने होईनर?फुर्शेले सोधछ!खानेहो छोरा अहिले पकाउँछु भन्दै बाल्टि लिएर दुध दिन्छ कि गाईले भन्दै टुक्कि बालेर आउँन भन्छिन।फुर्शेले टुक्कि बालेर पछिपछि जान्छ।
गोठमा लालकु गाईले पनि मतिलाई देखेर पुच्छुर घुमाउँदै हेर्छ जस्तै उस्लाई पहिले देखिनै मतिको ईन्तिजार थियो।
लालकु को दुध दुन थाल्छिन उ चुपचाप उम्मिन्छ मतिले दुध निकालेर बाच्छालाई छाड्दिन्छिन।धन्य लालकु गाई कति गुनिछ रातिमा पनि दुध दिन्छ!भन्दै उस्को अगाडि घाँस हाल्दिन्छिन।
आज हाम्रो घरमा पनि घिर पाक्छ हैन?आमा फुर्शेले खुसि हुँदै भन्छ।मतिले चामल लिएर आएकि थिईन लालकु गाईले आना कानि नगरेर दुध दिएकोछ।बिहानको दुध पनि कुँडेमै थियो त्यसैमा दुध खनाएर अगेनामा राख्छिन।अहिले बाबु नानिहरु बसेर खिर पाक्ने बाटो हेरेका थिए।
रवी लाहुर गएको छे मैना बिति सकेको भयपनि नत कुनै पैसा आयो न कुनै लुगा लत्ता मात्र अँस्तिको दिन एउटाले पत्र थमाएको थियो।त्यो पत्रपनि एक मैना पहिले लेखेर डाँकमा हालेको पत्ररैछ।अहिले तलब मिलेको छैन मिलेपछि पैसा पठाउँने प्रतिबद्धता जनाएर लेखिएको पत्र थियो।
जेहौश आज दरखाने दिनमा लालकु गाई र साहुँनि बजैले गर्दा ईज्जत रह्यो।बोलि कसैले सोधेपनि हामिले पेटभरी खिर खाएका हम भन्छन बाबुनानिहरुले!मतिले मनैमनमा यहि सोंच्दै खिर पकाउँदै गर्छिन।
यो बर्ष ठुलो अनिकाल परेको थियो मकै बेसा गर्न समेत धेरै टाडा तराईमा जाँनु पर्थ्यो।पहाडमा कतैपनि अन्न पाईदैनथ्यो।मतिका चारौटा छोराछोरी थिए रवीले दुईटी बिबहा गरेका भयपनि अहिले घरमा चारौटा दुई गुँडका बालखहरु थिए।उन्की पहिलेकी पत्तनि मरेपछि मतिलाई ल्याएका थिए।
आफु सदै लाहुरे भयकोले घरमा रिन ब्यबहार मतिले आफै गर्नु पर्थ्यो।रवी घरमै भयपनि मतिका दुःख झनै बढ्दथे।कीन कि रवी जुवाका आदि थिए जुवामा गाई भैँशी यँहा तक ओड्ने सिरक डसना समेत हार्थे।अहिले लाहुर गएपछि बरु अलि शान्ति थियो घरमा।जग्गा जमिन धेरै भयपनि उत्पादन आकासको भरमा हुने भयकोले अहिले हिँदमा पानिनै परेन गहुँको खेति भैन।बर्खामा पनि अबेरा पानि परेर हावा हुरि चलेर सबै मकै सोत्रो परेकोले घर घरमा अनिकाल थियो।
अरु दिनमा त खलि पोलेर पनि गुजारा गर्थे मेला मेसामा भने मतिलाई रुनु पर्थ्यो।आफ्ना बाल बालिकाको लागि सदैभरी मिहेनत मज्दुरी गरेर भयपनि अरुको घरमा जस्तै मिठा मिठा पकाएर आफु भोकै बसेर पनि बाल बालिकाको रहर पुरागर्ने प्रयात्न गर्थिन।त्यसैले अहिलेको दर पनि उन्ले खिर पकाएर मनाउँन सफल भईन।

चर्चामा

सम्बन्धित समाचार