शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • आठ महिनापछि आमा छोराको पुनर्मिलन

आठ महिनापछि आमा छोराको पुनर्मिलन

  • बुधबार, भदौ १६, २०७८
आठ महिनापछि आमा छोराको पुनर्मिलन

सामाजिक अभियन्ता सरोज रायको पहलमा भारतको गोपालगञ्जबाट उद्धार गरिएका बालक चेतन परियारको आमाबुवासँग आठ महिना पछि पुनर्मिलन भएको छ। राय र उनको टोली झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा न. १०, दक्षिणभुतेरि गौरवटोलस्थित चेतनको घर पुग्दा आमाबुवा र गाउँलेले ढाका टोपी, खादा र टिका लगाई सम्मान गरेका छन् ।

चेतन परियार करिब आठ महिना अगाडी आफ्नो काकासँग विहारको नर्वदा गएका थिए तर १५ दिन नपुग्दै उनी त्यहाँबाट हराएका थिए । गोपालगञ्जतिर अलपत्र देखेर भारतीय प्रहरीले समातेर उनलाई बाल कल्याण समिति गोपालगञ्जको जिम्मा लगाएका थिए । त्यही बेला देखि चेतन छपरास्थित बालगृहमा बस्दै आएका थिए ।

६ महिना अगाडी बाल कल्याण समितिले अभियन्ता रायलाई परियारबारे जानकारी गराएको थियो । चेतनले आफ्नो घर बिर्तामोड बताए पनि ठेगाना स्पष्ट नभएको कारण उनका फोटो सामाजिक सञ्जालमा राखेर रायले खोजी सुरु गरेका थिए । केही दिन पछि चेतनको काकाले फेसबुकमा फोटो देखे पछि सम्पर्क गरे ।

नेपालबाट आवश्यक कागजात र चेतनको social investigation report (SIR) बनाएर रायले भारत पठाए । सबै कागजात भारत पुगेको ५ महिना पछि मात्र चेतनलाई घर लैजाने अनुमति आएपछि अभियन्ता राय र जनकपुरको समाजसेवी प्रविण महतो वीरगन्ज नाका हुँदै गोपालगंज पुगेर चेतनलाई लिएर जनकपुर आए र एक दिन जनकपुर स्थित आफ्नै घरमा राखेर अर्को दिन बिर्तामोड पुगेर आमाबुवालाई जिम्मा लगाए ।

दरभंगाबाट ३ बालक, बेतियाबाट १ र गोपालगञ्जबाट १ गरि यसै हप्तामा अभियन्ता रायले पाँचजना बालकको उद्धार गरेका छन् । दुई वर्षमा अभियन्ता सरोज रायले करिब १६० बालबालिका भारतबाट उद्धार गरिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार