जस्ले बनायो शुन्दर संसार उनै गुमनाम भएकाछन।
देशलाई जवानी दिने पनि आज वे-दाम भएकाछन।
युवाहरु बाट शक्ति निकालेर फिर्ता पठायो बिदेशले,
आज उनिहरुनै पत्र बिनाको रित्तो खाम भएकाछन।
आ-आफ्ना छोरा छोरीलाई डिग्रि दिलायो अनपढले,
उनैको दृष्टीमा बा आमा नै आज वे-काम भएकाछन।
उस्ले छोरी जस्तै सम्झियो बुहारीलाई समेत बराबरी,
उनै बृद्धा अपमान बुहारि बाट शुभ-साम भएकाछन।
हिँजो आज त अलिक सजिलो भएकोछ फेस बुकले,
मिडिया मनको बह बिसौने सजिलो ठाम भएकाछन।
पुँजीवादले नै श्रमजीवीलाई थिचि थिचि धार बनायो,
त्यस्कै सदियौँ देखि ऐतिहाशिक परिणाम भएकाछन।
बञ्जर भूमिलाई हराभरा बनाए सेते जस्ताले सधैभरी,
आज हेरौँ त उनिहरु बिना ठाम बिना माम भएकाछन।