• होमपेज
  • कला /साहित्य
  • बिधिको बिधानमा कोई बस्नु पर्दैन

बिधिको बिधानमा कोई बस्नु पर्दैन

  • सोमवार, भदौ १४, २०७८
बिधिको बिधानमा कोई बस्नु पर्दैन

कसै सँग गहिरेरी मिलेर हुन्छ राजनीति,
कसैको आँखामा बिलेर हुन्छ राजनीति।

कसैको लागि शंघर्ष गर्दा कोई टाडिन्छ,
फाटेकै हृदयलाई सिलेर हुन्छ राजनीति।

बिधिको बिधानमा कोई बस्नु पर्दैन की?
कसैलाई त खुब चिलेर हुन्छ राजनीति।

भन्छन निस्वार्थ जनताको लागि लड्छौँ,
आर्काको सम्पत्ति किलेर हुन्छ राजनीति।

बिना स्वार्थको बतास पनि चल्न छाड्यो,
सबथोक स्वार्थमा हिलेर हुन्छ राजनीति।

आफु अनुसाशनमा नबसे पनि केहि छैन,
हो कपालकै बोक्रा छिलेर हुन्छ राजनीति।

चर्चामा

सम्बन्धित समाचार