शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश २
  • प्रहरी हवल्दार बिरवल दास आईटी आर्मीको रैलीमा सहभागी

प्रहरी हवल्दार बिरवल दास आईटी आर्मीको रैलीमा सहभागी

  • सोमवार, भदौ १४, २०७८
प्रहरी हवल्दार बिरवल दास आईटी आर्मीको रैलीमा सहभागी

मेवालाल यादव/ रौतहट — साउन १६ गते शनिवारका दिन रौतहटमा नव गठित आईटी आर्मी भ्रष्टाचार ,शुशासन तथा आरजकता बिरुद्ध बृहत मोटरसाइकल रैली निकालिएको थियो जुन आईटी आर्मी नव न्युक्त भएका तथा सर्वसाधारण जनताहरू पनि फतुवा बिजयपुर नगरपालिका देखी रौतहटको विभिन्न स्थानमा प्रदर्शन गरिएको थियो ।सो रैलीमा भारतीय नम्बर मोटरसाइकील रैलिमा अधिकांश मोटरसाइकल रहेको तथा बिना हेल्मेट लागाएको मान्छेहरू पनि देखिएको छ ।

जुन भ्रष्टाचार बिरुद्ध लडन गठन गरिएको आईटी आर्मी आहिले देखि नै संविधान तथा कानुनलाई धजिया उडाउदै छ भने पछि के गर्लान् जस्तो प्रश्न उठेको छ ।यति हुँदा हुँदै पनि एउटा फोटो सामाजिक संजालमा भाईरल भएको छ जुन आईटी आर्मीमा सर्वसाधारण जनताको होइन यो फोटोमा सेतो शर्ट,टाउकोमा हेल्मेट र मुखमा माक्स लगाएको मोटरसाइकमा सवार मौलापुर नगरपालिका वार्ड न ६ पथरा बुधराम बस्ने बिरवल दास हो हाल पर्सा जिल्लामा कार्यरत छ ।पर्सा जिल्ला प्रहरी कार्यालयबाट छुट्टी पनि न लिई देश को ईमान्दर सिपाही तथा देशको जिम्मेवार व्यक्ती पार्टीको रैलीमा नारा लगाउन सक्छ्न जस्ता प्रश्न उठेका छन ।

नेपालमा हामी भन्छौ् प्रहरी हाम्रो साथी हो तर यहाँ हाम्रो देशको रकक्षक नै भकक्षक बन्दै छ भने हामी कसरी नेपालको प्रशासन माथी बिस्वास गर्ने यति मात्र होइन एउटा हवल्दार जस्तो जिम्मेवारीको ख्याल न अरूलाई कानुन सिखाउने आज आफै कानुनको धजिया उडाउदै कुन हिसाबले आईटी आर्मीको रैलिमा सहभागी भएको आरोप छ । बिरवल दासको गल्तीको कारणले पुरै देश कै प्रहरी निकाय माथी प्रश्न खडा भएको छ साथै प्रहरी प्रशासनको ईज्जत् माथी दाग लगाएको छ र यो साधारण कुरो होईन यो गम्भीर प्रश्न प्रहरी माथि उठेको छ । हवल्दार बिरवल दासलाई तत्काल छानबिन गरि कानुनी दायरामा ल्याउन स्थानीय जनताले माग गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार