बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धर्म-संस्कार
  • सुदूरपश्चिममा घर–घरमा ‘बिरुडा’ राखेर गौरा पर्व सुरु

सुदूरपश्चिममा घर–घरमा ‘बिरुडा’ राखेर गौरा पर्व सुरु

  • शुक्रबार, भदौ ११, २०७८
सुदूरपश्चिममा घर–घरमा ‘बिरुडा’ राखेर गौरा पर्व सुरु

धनगढी — सुुदूरपश्चिम प्रदेशमा आज शुक्रबारदेखि गौरा पर्व सुरु भएको छ । यस पर्वमा शुक्रबार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ।

त्यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन्। विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ।

सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार